एलपी ग्यास बिक्रेता संघ आन्दोलित, ग्यास बिक्री वितरण नगर्ने चेतावनी



नेपाल समाचारपत्र, विराटनगर
एलपी ग्यास बिक्रेता संघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । सरकारले बिक्रेताका लागि थप गरेको रकम ग्यास उद्योगहरूले अपचलन गरेको भन्दै संघले आन्दोलनको घोषणा गरेको हो ।

एलपी ग्यास बिक्रेता संघ र एलपी ग्यास उद्योग संघको संयुक्त आन्दोलनपछि सरकारले गत वैशाख १२ गतेदेखि लागू हुने गरी उद्योगलाई प्रतिसिलिन्डर २२ रूपिया“ र बिक्रेतालाई पा“च रूपिया“ ४७ पैसा थप कमिसन उपलब्ध गराउने सहमति गरेको थियो । संघका मोरङ अध्यक्ष सरलराज पोखरेलले सरकारले बिक्रेताका लागि तोकेको पा“च रूपिया“ ४७ पैसा हालसम्म ग्यास उद्योगहरूले नदिएकाले चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य भएको बताउनुभयो ।

उहा“का अनुसार यसअघि सरकारले दिं“दै आएको ३२ रूपिया“मा संघको आन्दोलनपछि ८ रूपिया“ थप्ने सहमति भई हाल ग्यास बिक्रेताले प्रतिसिलिन्डर ४० रूपिया“ कमिसन पाउ“दै आएका छन् । ग्यास उद्योगले भने आन्दोलनको बेला सरकारले दिं“दै आएको रकममा पहिले नै थप गरेर दि“ंदै आएको तर्क गर्दै पा“च रूपिया“ ४७ पैसा दिन नसकिने बताउ“दै आएका छन् ।

आन्दोलनका क्रममा भएको सहमतिअनुसार सरकारले छुट्याएको रकम नदिइएको भन्दै संघले कालोपट्टी बा“ध्ने, बृहत् बिक्रेता भेला गर्ने र ग्यासको बिक्री–वितरण नगर्नेलगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । त्यस्तै आगामी असार ८ गते प्रशासनमा चाबी हस्तान्तरण गर्ने, ९ गतेदेखि उद्योगबाट ग्यास नउठाउने र १२ गतेसम्म मौज्दात ग्यास बिक्री–वितरण गर्ने संघले जनाएको छ ।

कमिसन वृद्धिको माग गर्दै यसअघि ग्यास बिक्रेताले उद्योगको मूलगेटमा धर्नासमेत दिएका थिए । सिलिन्डर धरौटी वापत २ हजार २ सय र ग्यास रिफिलमा १३ सय ४२ रूपिया“ तिर्नुपर्ने भन्दै ग्यास बिक्रेताहरूले लगानीको कम्तीमा पा“च प्रतिशत कमिशन पाउनु पर्ने मागसहित पटक–पटक आन्दोलन गर्दै आएका छन् । मोरङमा संघमा आवद्ध चार सयसहित करिब सात सयको ग्यास बिक्रेताहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्