निगमको बोर्डको बोइङ ७५७ बिक्री गर्न बाटो खुल्यो



दीपेन्द्र थापा, काठमाडौ
नेपाल वायुसेवा निगमको बोर्डले बोइङ ७५७ एसीबी (कर्णाली) विमान बिक्रीको प्रस्ताव पास गरेको छ । यसस“गै पुरानो विमान बिक्री गर्ने कानुनी बाटो खुलेको हो ।

विमानको मर्मत गर्नको लागि धेरै रकम खर्च गर्नु परेको र विमान पुरानो हु“दै गएकाले विमानको सञ्चालन खर्च बढेपछि निगमले कर्णाली विमान बेच्ने निर्णय गरेको हो । गत वैशाख ३१ गते बसेको निगमको वोर्डले विमान विक्री गर्ने प्रस्ताव पास गरेको थियो । सन् १९८७ मा अमेरिकन वोइङ कम्पनीस“ग ऋणमा विमान खरिद गरिएको थियो ।

नेपाल वायुसेवा निगम र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीचको समन्वयको अभावले गर्दा छ महिना अगाडि बिक्री गर्नुपर्ने बोइङ–७५७ एसीबी विमान थन्किएर बसेको थियो । अन्योलकै कारण बोइङ जहाज मलेसियाबाट मर्मत गरेर जनवरी १६ मा काठमाडौं ल्याइएपनि ग्राउन्डेड थियो।

नेपाल वायुसेवा निगमले बोइङ –७५७ एसीबी विमान बिक्रीको लागि कन्सल्ट्यान्ट छनोट गरेको कम्पनीले विमान बिक्रीको लागि प्रतिवेदनमा बढीमा ५२ हजार ९६ लाख अमेरिकी डलर कममा ४३ लाख ३३ हजार अमेरिक डलर मा बिक्री गर्न सकिने सुझाउ“दै प्रतिवेदन वुझाएको थियो ।

कर्णाली कलसाइन दिएको विमानको बिक्रीको लागि फिन्टेक ग्लोवललाई छनोट गरिएको थियो । तीन कम्पनीको प्रस्ताव परेकोमा स्वीस कम्पनीलाई निगमले छनोट गरेको थियो । मन्त्रालयले बोइङ बिक्री गर्ने निर्णय निगम सञ्चालन समितिले नै गर्न सक्ने सैद्धान्तकि सहमति दिएस“गै निगम बोर्डले बिक्रीको वाटो खुल्ला गर्दै प्रस्ताव पास गरेको निगम सहप्रवक्ता नवराज कोइरालाले बताउनुभयो ।

अब चा“डै नै विमानको ग्लोबल बोलपत्र आह्वान गरी लिलामी प्रक्रिया जाने कोइरालाको भनाइ छ ।नेपाल वायुसेवा विनियमावलीमा निगमको सम्पत्तिमा माथिको अधिकार कार्यकारी अध्यक्षमा नै रहेकाले निगमलेनै बिक्री वितरण गर्ने सक्ने प्रावधान रहेको छ ।

निगमले उक्त कम्पनीलाई विमानको मूल्याङ्कन गरी कतिमा बिक्री गर्न उपयुक्त रहेको प्रतिवेदन बुझाउनको लागि छनोट गरेरको थियो । निगमस“ग रहेको बोइङ ९ एन्एसीए वोइङ–७५७ समेत १५ करोडमा बिक्री गरिसकेकाले निगमस“ग हाल एक विमान मात्र बोइङ रहेको छ ।

बोइङ र एयरबस विमान सञ्चाल गर्न व्यायभार बढी पर्ने र मर्मतको लागि पनि छुट्टाछुट्टै जनशक्ति चाहिने भएपछि निगमले एकै खालको विमान सञ्चालनको तयारीको लागि बोइङ बिक्रीको तयारी थालेको निगमको भनाइ छ ।

हाल निगमका दुईवटा वाइडवडी विमान उडान गरिरहेका छन् । बोइङ विमान र वाइडवडीको सञ्चालन व्यवस्थापन गर्नको लागि निगमलाई खर्चिलो बन्दै गएपछि निगमले बोइङलाई विस्थापित गर्ने तयारी स्वरुप कम्पनी मूल्याङ्कन गर्नको लागि छनोट गरेको हो ।

यसरी निगमलाई प्राप्त कम्पनीको सुझावको आधारमा निगमले समेत कम्पनीले तय गरेको दर रेटमा चित्त बुझदो मुल्याङकन भएमा मात्र निगमले दरको दायरा राखेर सञ्चालक समितीमा लिलामको लागि प्रस्ताव राख्ने निगमको भनाइ छ । विमानमा १ सय ९० सिट रहेको १६ विजनेस क्लासका सिट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्