प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समिति गठन



काठमाडौं, (नेस)
सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने उद्देश्यले प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समिति गठन गरेको छ । सातै प्रदेशमा नेपाल भ्रमण वर्ष २०२० प्रदेश समन्वय समिति गठन गरिएको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ ।

नेपाललाई विश्व पर्यटन वजारमा गुणस्तरीय पर्यटन गन्तव्यको रूपमा विकास र प्रवद्र्धन गर्दै सन् २०२० मा कम्तिमा २० लाख पर्यटक भित्र्याउन, प्रतिपर्यटक खर्च दर बढाउन र पर्यटकको बसाई अनुभवलाई थप सुखद् बनाउन गुणात्मक रूपले सघाउ पु¥याउने उद्देश्यले नेपाल भ्रमण वर्ष २०२० अभियानअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन भइरहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरसम्म पर्यटन जागरणको रूपमा नेपाल भ्रमण वर्ष अभियानलाई सञ्चालन गर्न क्षेत्रगत तथा विषयगत निकायका अतिरिक्त तहगत सहकार्य एवम् सामञ्जस्यता कायम गरी नेपाल भ्रमण वर्ष सम्बन्धी कार्यक्रम सञ्चालन गर्न प्रदेशको आवश्यकता अनुरूप सदस्यहरू थपघट हुने गरी प्रदेशका मुख्यमन्त्री संरक्षक र सम्बन्धित प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अध्यक्ष, सोही मन्त्रालयका सचिव सदस्यसचिव तथा पर्यटनसम्बन्धी निजी क्षेत्रबाट प्रादेशिक कार्यक्रम संयोजक र सदस्य रहने गरी नेपाल भ्रमण वर्ष समन्य समिति गठन गरिएको छ ।

प्रदेश– १ मा २१ सदस्य, प्रदेश–२ मा १७, प्रदेश–३ मा १९, गण्डकी प्रदेशमा २२, प्रदेश–५ मा २६, कर्णाली प्रदेशमा १६, र सुदूरपश्चिम प्रदेशमा १८ सदस्य नेपाल भ्रमण वर्ष २०२० प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्