सिद्धार्थ बैंक र जनरल इन्स्योरेन्सबीच सम्झौता



सिद्धार्थ बैंक र जनरल इन्स्योरेन्स कम्पनी नेपालबीच बीमा बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतामा बंैकका सहायक महाप्रबन्धक अर्जुनभद्र खनाल र इन्स्योरेन्सका महाप्रबन्धक एसके.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिसंगै बैंकका ग्राहकले जनरल इन्स्योरेन्स कम्पनी नेपालले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्