महर्जनलाई साग टोलीको जिम्मेबारी



काठमाडौं, (नेस)
दक्षिण एशियाली खेलकुद (साग) का लागि पुरुष फुटबल टोलीको प्रशिक्षकमा बालगोपाल महजर्नलाई नियुक्ति गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएअनुसार आगामी सागको पुरुष फुटबलमा सहभागि हुने नेपाली टोलीलाई महर्जनले प्रशिक्षण दिनेछन् । महर्जनले यसअघि बंगबन्धु कपमा उपाधि दिलाएका थिए । यु २३ टोलीका सहायक प्रशिक्षकमा राजेश मानन्धर र गोलरक्षक प्रशिक्षकमा मृगेन्द्र मिश्रलाई जिम्मा दिइएको छ ।

यसैगरी एन्फाले महिला फुटबल टोलीका लागि प्रशिक्षक हरि खड्कालाई नै छनोट गरेको छ । यसरी खड्काले निरन्तरता पाएका छन् । अरुणा गुरुङ सहायक प्रशिक्षकमा र गोलरक्षक प्रशिक्षकमा अस्मिता खवासलाई जिम्मेवारी दिइएको छ ।

यस्तै पुरुष यु १६ टोलीका लागि प्रमुख प्रशिक्षकमा सुनील श्रेष्ठ, पुरुष यु १८ टोलीका लागि प्रमुख प्रशिक्षकमा चेतनारायण श्रेष्ठ, यु १५ महिला टोलीमा प्रमुख प्रशिक्षक राकेश श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्