‘मुख्य समस्या खानेपानी र अव्यवस्थित वस्ती’



बुद्धसिंह थापा
वडा अध्यक्ष, पनौती नगरपालिका–४, काभ्रे
धार्मिक एवं पर्यटकीय नगर पनौती नगरपालिका प्राकृतिक स्रोत साधनमा पनि धनी नगरको रुपमा चिनिन्छ । पछिल्लो समय यो नगरमा बढ्दो शहरीकरणको कारण अव्यवस्थित बसोबास बढ्दै गएको छ ।

खानेपानी, सिचाई, स्वास्थ्य, शिक्षा सुविधायुक्त सडक जस्ता अत्यावश्यक पुर्वाधारहरुले पुर्णता पाइसकेको छैन । यी कामहरुलाई निरन्तरता दिन नगरस्तरीय योजना त छदैछन, वडास्तरीय योजनामा पनि यही कामलाई प्राथमिकता दिइएको पाइनछ । पहिलो र दोस्रो वर्ष आम जनताको दैनिक काम बाहेक विकास निर्माणमा विशेष गरि सडक, ढल, पुल निर्माण र सिचाईमा जोड दिएको वडाले अब प्रमुख समस्याको रुपमा रहेको खानेपानी समस्या समाधान गर्नतिर पनि ध्यान दिने भएको छ । व

डाको समग्र विकास निर्माणको काम र भावी योजना लगायतको विषयमा केन्द्रीत भएर वडा अध्यक्ष वुद्धसिंह थापासंग नेपाल समाचारपत्रका लागि मोतीराम तिमल्सिनाले गरेको कुराकानीः–

वडाको नेतृत्व गर्नुभएको दुई वर्षको अवधिमा निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार नागरिकहरुले भनेजस्तै सेवा प्रवाह गर्न सक्नु भयो कि भएन ?
–वडा बासिहरुले पहिलेको भन्दा छिटो छरिटोनै सेवा पाएका छन् । पनौती नगरको १२ वटा वडामध्य यो ४ नम्बर वडा सबैभन्दा बढी कामको चाप हुने वडा हो । यो वडालाई नगरको राजधानी भन्दा पनि हुन्छ । नगरपालिकाको कार्यालय पनि यहि वडामा छ । कामको चाप बढी हुने भएपनि यो वडामा कर्मचारी भने एकजना मात्र छन, वडा सचिव । एकजना कर्मचारीमात्र हुँदा पनि वडाबासीलाई गुनासो गर्ने ठाउँ दिएका छैनौ । कार्यालय समयमात्र हैन विहान बेलुकी पनि जनताको सेवामा खटिरहेको कारण दैनिक कामकाजलाई सहज बनाएका छौं । विहान १० वजे देखि ५ वजे सम्म कार्यालयमा सेवाग्राहीको भीड हुन्छ । कर्मचारीमा सचिव एक जना मात्र छन त्यहीँ भएर जनगुनासो आएको हुनसक्छ ।

यो वडामा विकासको प्राथमिकता चाहीँ कसरी निर्धारण गर्नुभएको छ ?

अहिले यो वडाले सडक विस्तारलाई नै प्राथमिकता दिएको छ । नया सडक खन्ने भन्दा पनि भैरहेको सडकलाई वाल ढल पक्की बनाउने कार्य भैरहेको छ । बासडोल खोलामा एउटा पुल पनि निर्माण गरेका छौं । यो वडामा सिचाईको लागि नगरस्तरीय योजना छ । मल्पी लिलवती सिचाईको काम नगरस्तरीय योजनाबाट भैरहेको छ । त्यसका साथै यही वडाको डिहिगाउमा एउटा शान्ति पार्क पनि बनाउन लागेका छौं ।

यो वडाको मुख्य समस्याको रुपमा रहेको खानेपानीको विषयमा वडाको योजना के छ ?
खानेपानी यो वडाको मुख्य समस्या हो । खानेपानीको सवालमा पनौती, धुलिखेल र बनेपा तीन नगरपालिकाको एकिकृत योजना छ । एकवर्षभित्र यो योजना सम्पन्न भैसक्छ भन्ने छ । त्यसैमा भर परेका छौं । पनौतीको वडा नं ४ मा खानेपानीको मुहान पनि छैन । जसको कारण खानेपानी समस्या समाधान गर्न वडाले खास योजना बनाउन सकेको छैन ।

वडाबासि हरु केहिले साधारण इनार खनेर जिविका गरेका छन भने केहिले भएको खानेपानी स्रोतको उपयोग गरिरहेका छन् । वडाबासिहरुको खानेपानी समस्या समाधान कसरी गर्ने भन्ने बारेमा टोलटोलमा छलफल गरीरहेका छौं । समाधानको उपाय निस्किए वडाले प्राथमिकताका साथ सहयोगी भुमिका निभाउछ । खानेपानी नै नभएपछि वडाले छुट्टै सिँचाईको योजना कहाबाट ल्याउने ? ।

यो वडामा अपत्यारीलो रुपमा अव्यवस्थित बस्ती बढीरहेको छ । यसले भविष्यमा ठुलो समस्या ल्याउने संकेत देखिन्छ नि ?
हो, यो वडामा अव्यवस्थीत बस्ती विकास भैरहेको छ । नगरको राजधानी भएरपनि होला यो वडामा जनघनत्व पनि बढ्दै छ । यो समस्याको बेलैमा हल गर्न सकेनौ भने भविश्यमा ठुलो असर पर्ने भएकोले मैले व्यवस्थित वस्ती विकासको लागि नगर स्तरीय योजना तर्जुमाको लागि बारम्बार अनुरोध गर्दै आएको छु । व्यवस्थीत वस्ती विकास नगरकै योजना हुनपर्ने हो । यो नगरले गर्न सकेको छैन । धान खेतमा घर बनेको छ बाटो छैन । मैले व्यवस्थित वस्ती विकासको लागि गुरुयोजना नै तयार पारेर अघि बढ्न नगरपालिकामै प्रस्ताव राखेको छु । सायद नगरबाट यसको संवोधन हुने गरि योजना तर्जुमा हुनेछ ।

स्वास्थ्य र शिक्षा क्षेत्रको विकासको लागि वडाको योजना के छ ?
यो वडामा स्वास्थ्य चौकी भवन पनि छैन । वडाको भवनकै एक कोठमा स्वास्थ्य चौकी राखेका छौं । वडा कार्यालयको नया भवन बनाउने योजना भैरहेको छ । वडा कार्यालयको नया भवन बनेपछि अहिलेको वडा कार्यालय रहेको भवन स्वास्थ्य चौकीलाई दिने योजना छ । स्वास्थ्यको कुरा गर्दा फोहोर व्यवस्थापन मुख्य कुरा भएर आउछ । अहिले गाउ पनि बजार जस्तै भैसक्यो । डम्पिङ साइडको व्यवस्था छैन ।

गाउको फोहोर व्यवस्थापन गर्न सकिएको छैन । फोहोर व्यवस्थापन भयो भनेपनि स्वास्थ्यमा धेरै सुधार आउने देखेको छु मैले । त्यहि भएर फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा छलफल भैरहेको छ । शिक्षाको सवालमा यो वडामा तीन वटा सामुदायीक विद्यालय छ । त्यसमध्य चामखर्कको विद्यालयको अवस्था अलि कमजोर छ । हामि त्यसलाई सुधार्ने प्रयत्नमा छौं । साथै यो वडामा एउटा अस्पताल बनाउने बारेमा पनि सम्बन्धित निकाय संग छलफल भैरहेको छ ।

तपाईको कार्यकाल अझै तनि वर्ष बाकी छ , यो तीन वर्षमा के गर्ने योजना छ ?
बाकी वर्षमा नया काम गर्ने भन्दा पनि अधुरा कामहरुलाई पुरा गरि दिगो र टिकाउ बनाउने हो । बाकी तीन वर्ष भित्र वडामा भएको सम्पुर्ण सडकलाई पक्कि बनाउने, विजुलीको खम्बा सबै सडकबाट लैजाने, वडा कार्यालयको नया भवन बनाउने, बढ्दो शहरीकरणलाई व्यवस्थित गर्ने योजना छ ।

साथै, गाउका मानिसलाई बाटो, विजुली, पनि, टेलिफोन लगाएत अत्यावश्यक सुविधा उपलब्ध गराएर गाउमै बस्ने वातावरण बनाउनेमा नै केन्द्रित हुने हो । यहा दुई किलोमिटर माथि रहेको आफ्नो तीन÷चार रोपनी जग्गा बेचेर दुई किलोमिटर तल चारआना जग्गा किनेर घर टहरा बनाएर बस्ने प्रथासमेत चलिसकेकोले यी सबै सुविधानहरु घरआगन मै पु¥याएर आफनै फराकिलो जग्गामा बस्ने बातावरण बनाउने तर्फ पनि मेरो ध्यान केन्द्रित भएको छ ।

अन्य वडाको भन्दा बढी वजेट छ यो वडामा । काम पनि अन्य वडाको भन्दा उत्कृष्ट हुनुपर्ने होइन र ?
हो, अन्य वडाको तुलनामा यो वडामा बजेट धेरै छ । साथै नगरपालिकाकै कार्यालय पनि छ । त्यहि भएर हामिले दिगोपन र गुणस्तरीयतालाई ध्यान दिदै काम गरिरहेका छौं । विकासका पुर्वाधार बनाउदा पनि थोरै भएपनि वर्षो टिकाउ हुनुपर्नेमा ध्यान दिएका छौं । विकास वजेट कनिका छरेजस्तो गर्दा पनि बालुवामा पानि हाले जस्तो मात्र हुने भएकोले हामिले दिर्घकालिन योजनामा ध्यान दिएका हौं ।

तपाईको विचारमा उपभोक्ता मार्फत काम गर्दा राम्रो की टेण्डर मार्फत ?
टेण्डर मार्फत काम गर्दा ढिलाई हुने रहेछ । उपभोक्ता मार्फत काम गर्दा छिटो र २५ प्रतिशत बढी काम पनि हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्