घर बनाउने क्रममा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु



पुष्कर बुढाथोकी, भक्तपुर ।
भक्तपुर जिल्लाको मध्यपुर थिमि ६ कुण्डोलस्थित निर्माणधिन एक घरको जग हाल्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार मङ्गलबार दिउँसो सिन्धुपाल्चोक सुनखानी गाउँपालिका५ घरभई कुण्डोलस्थित अम्मरबहादुर पराजुलीको घरको जग हाल्ने क्रममा ढिस्कोले पुरिएर पुरानो थिमि बस्ने ३५ वर्षीया रोजनी खड्काको मृत्यु भएको छ ।

ढिस्कोले पुरिएर सख्त घाइते खड्काको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।घटनामा सिन्धुपाल्चोक सुनखानी ५ का ३८ वर्षीय दावा तामाङ घाइते भएका छन् । घाइतेको मध्यपुर अस्पतालमै उपचार भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्