दुई पेस्तोलसहित भारतीय नागरिक पक्राउ



सरोज यादव, विराटनगर ।
मोरङ प्रहरीले २ वटा पेस्तोल सहित भारतीय नागरीकलाई विराटनगरको एक होटलबाट पक्राउ गरेको छ । भारतको बगर्निया वडा नम्बर ७ सितामणी बस्ने २० बर्षीय कुनाल कुमार सिंहलाई एउटा पेस्तोल र त्यसमा लाग्ने ४ राउण्ड गोली र अर्को कटुवा पेस्तोल र त्यसमा लाग्ने ४ राउण्ड गोली सहित पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

हतियार सहित होटलमा मानिस रहेको सुचनाका आधारमा प्रहरीले खोजतलास गर्दा उनलाई हतियार सहित पक्राउ गरिएको मोरङ प्रहरीका एसपी विश्व अधिकारीले बताउनु भयो । उनको साथमा परिचय खुल्ने कुनै कागजपत्र नभएको र नेपाली बोल्न नजान्ने पनि प्रहरीले जानकारी गराएको छ । अनुसन्धान चलिरहेकाले थप विवरण पछि जानकारी गराउने पनि मोरङ प्रहरीले जनाएको छ ।

सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन मोरङ प्रहरीले शान्ति सुरक्षामा पनि कडाई गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्