राखेपको आर्थिक प्रमुखको जिम्मेवारी पोखरेललाई



काठमाडाैं ।

राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत आर्थिक प्रशासन शाखा प्रमुखको जिम्मेवारी ऋखिराम पोखरेलले पाएका छन् । राखेपले पोखरेललाई जेठ २७ गते सोमवार उक्त जिम्मेवारी दिएको हो ।

२०५३ साल आसोज ४ गते राखेपमा सेवा प्रवेश गरेका पोखरेल लामो समयदेखि आर्थिक प्रशासन शाखामै थिए । यसअघिका प्रमुख कपिलमणि पोखरेलले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि आर्थिक प्रशासन शाखाको पद रिक्त थियो ।

दुवैलाई सोमबार एक कार्यक्रमबीच आर्थिक प्रशासन शाखाका कर्मचारीलगायतले बिदाइ र स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्