महेश्वरको मिहिन मिहिनेत



शरीर चिटिक्क बनाउने रहर कसको मात्र हुन्न ? धेरै जसो कुनै न कुनै दिन यही लोभले जिमखाना छिरेकै हुन्छन् । त्यही बेला थाहा हुने हो, ‘बडि बिल्डिङ’ को यो रहर सजिलो भने छैन । अझ शारीरिक सुगठनकै खेलाडी हुने हो भने त मिहिनेत दह्रो चाहिन्छ नै, त्यसका लागि ठूलै त्याग र तपस्या पनि चाहिन्छ । महेश्वर महर्जन यही खेलका खेलाडी हुन् । उनले के जिते, त्यो पछि आउ“छ, तर उनले आजको दिनसम्म पुग्न के कति मिहिन मिहिनेत गरे, त्यो पक्कै प्रशंसा गर्न योग्य छ ।

धेरै वर्ष अगाडि उनको शरीर पातलो नै थियो, त्यसैले अरू जस्तै उनी घर नजिकको जिमखाना छिरे । त्यो स्कुल जा“दाको समय हो । अहिले उनको आप्mनै जिमखाना छ । त्यही जिमखानाबाट अहिले कसरतपछि बाहिर निस्कनु पर्छ, उनको शरीरलाई देखेर लोभ लाग्छ । लोभ मात्र के र ? त्यही शरीरले नेपाललाई ऐतिहासिक सफलता पनि दिलाएको छ, त्यो वल्र्ड च्याम्पिनयसिप स्तरमै । वर्ष २०७५ मा निकै चर्चा बटुलेका खेलाडीमा पर्छन्, ३५ वर्षीय महेश्वर ।

नेपाली खेलकुदमा नजिकका धेरैले गत वर्ष सामाजिक सञ्चालमा कोही एक खेलाडीको धेरै चर्चा गरे भने त्यसमा पक्कै पर्नेछन्, यिनै महेश्वर । उनले २०७५ सालमा थाइल्यान्डमा भएको विश्व शारीरिक सुगठन तथा फिजिक्स च्याम्पियनसिपको ७५ केजी तौल समूहमा उपाधि जिते र छाए। ।

च्याङमाइमा प्राप्त त्यो सफलतापछि धेरैलाई गहिरो कौतुलहता लागेको थियो, यो महेश्वर भन्ने को हो ? यसले जितेको के हो ? धेरैले उनीबारे खोजीनिती गरे ।
चर्चामा उनी मात्र रहेनन, यो खेललाई नै एउटा आकर्षणको केन्द्र भयो । वर्ष २०७५ मा नेपाली खेलकुदबारे चर्चा गर्दा उनलाई छुटाउन्नै हुन्न । त्यसैले त एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको पिपुल्स च्वाइस विधाको मनोनयमा परे, यी खेलाडी । त्यसै पनि यो विधामा फुटबल र क्रिकेटको बढी वर्चश्व हुने गर्छ । शारीरिक सुगठनका खेलाडी यो विधाको मनोनयनमा पर्नु दुर्लभ जस्तै हो ।

त्यसैले महेश्वर आपैm खुसी छन् र मान्छन्, मनोनयमा पर्नु पनि जिते जस्तै हो ।
उनी यत्तिकै रोकिने पक्षमा पनि छैनन र उत्तिकै दत्तचित्त भएर यस प्रतिष्ठित अवार्डलाई जित्न लागिपरेका छन्, भन्छन्, ‘यो सबैभन्दा ठूलो अवार्ड हो, नेपाली खेलकुदको ।’ पल्सर स्पोर्टस अवार्डको यो विधामा पा“च प्रत्यासी छन् र त्यसको निर्णय हुनेछ, मतका आधारमा । सामाजिक संजाल फेसबुक र एसएमएसको मार्फत आएको मतस“गै राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र आयोजक मञ्चका सदस्यले दिएको मतले निर्णय हुनेछ, यसका विजेता ।

यो विधामा धेरै प्रतिष्पर्धा छ, उनी पनि मान्छन् । यस्तै चर्को प्रतिष्पर्धा थाइल्यान्डमा पनि थियो । सन् १९९७ बाट व्यवसायिक रूपमा यो खेलमा ओर्लिएका महेश्वरले त्यसको ६ वर्षपछि धर्मश्रीमा पहिलो पल्ट भाग लिए । यस अगाडि भुटानमा भएको ५० औं एसियाली बडि बिल्डिङ च्याम्पियसिपमा पनि स्वर्ण जितेका महेश्वरले धर्मश्री कै १३ औं संस्करण पनि जिते । उनले त्यसै प्रतियोगिताको ७५ केजी तौल समूहमा स्वर्ण जितेका थिए ।

भित्री काठमाडौंका यी रैथाने नेपाली युवा पुस्ताका प्रधिनिधि पात्र हुन् । केही वर्ष अगाडि उनी पनि विदेशतिर लागे । तर नेपालनै फर्के, यो भने उनको प्रशसा गर्न योग्य काम भयो र केही साथीस“ग मिलेर जिम सेन्टर खोले । अहिले उनी मिस्टर युनिभर्समा भाग लिन धुमधामले तयारी गरिरहेका छन् । अब यो तयारीमा जोडिएको छ, पिपुल्स च्वाइस अवार्ड जित्ने धुन पनि । आप्mनो शरीर बनाउन दिनरात एक गरिरहेका महेश्वर चाहन्छन्, यो अवार्ड पनि जितौं, त्यसो भनेको पिपुल्स च्वाइस अवार्ड ।

प्रतिक्रिया दिनुहोस्