रहेनन् अभिनेता गिरिश



मुम्बई । भारतीय वरिष्ठ कलाकार एवं नाटककार गिरिश कर्नाडको ८१ वर्षको उमेरमा निधन भएको छ । सोमबार उनको बैङ्लोरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सन् १९३८ मे १९ मा महाराष्ट्रको माथेरानमा जन्मिएका गिरीश भारतका समकालीन लेखक, अभिनेता, सिनेमा निर्देशक तथा नाटककारका रूपमा परिचित थिए ।

सन् १९६० को दशकमा उनले ‘यायाती’ (१९६१), ऐतिहासिक ‘तुगलक’ (१९६४) जस्ता नाटकका लागि समालोचकबाट तारिफ बटुलेका थिए । त्यो समयमा उनका तीन महत्वपूर्ण कृतिहरू ‘हयवदना’ (१९७१), ‘नगा मंडला’ (१९८८) तथा ‘तलेडेंगा’ (१९९०) ले अन्तर्राष्ट्रिय रूपमै ख्याति बटुल्न सफल भएका थिए । उनले पछिल्लो समय ‘एक था टाइगर’ तथा ‘टाइगर जिन्दा है’ लगायतका चर्चित चलचित्रमा काम गरेका थिए ।

गिरिशको हिन्दीका साथै कन्नड तथा अंग्रेजी भाषामा समेत विशेष दख्खल थियो । उनले भारतको ‘फिल्म एन्ड टेलिभिजन इन्स्टियुट, इण्डिया’ को निर्देशकका रूपमा काम गरेका थिए । त्यस्तै, संगीत नाटक ऐकेडेमी र नेसनल एकेडेमी अफ पर्फर्मिङ आटर््सको अध्यक्षका रूपमा समेत लामो समय काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्