लगानी आकर्षण गर्न बौद्धिक सम्पत्तिको संरक्षणमा जोड



नेपाल समाचारपत्र,काठमाडौं
व्यापार क्षमता अभिवृद्धि तथा आर्थिक विकासमा बौद्धिक सम्पत्तिको भूमिका विषयक राष्ट्रिय परामर्श बैठक तथा कार्यशाला सोमबारदेखि शुरू भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सरकार उद्योग विभाग र जेनेभास्थित विश्व बौद्धिक संगठनद्वारा संयुक्त रूपमा आयोजित कार्यशाला शुरू गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपाल आर्थिक विकासको मार्गमा अगाडि बढेको अहिलेको अवस्थामा बाह्य लगानी आकर्षणका लागि समेत बौद्धिक सम्पत्ति संरक्षणको विषय महत्वपूर्ण भएकाले सरकारले नीति तथा कानुनमार्फत नै बौद्धिक संरक्षणको सुनिश्चितता गरेको स्पष्ट पार्नुभयो । उहा“ले औद्योगिक व्यवसाय ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरणलगायतका महत्वपूर्ण ऐन कानुनमा यस विषयका सम्बन्धमा स्पष्ट गर्नुभयो ।

महासंघका कार्यबाहक अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक विकास, लगानी तथा प्रविधि आकर्षण र बाह्य लगानीकर्ताहरूलाई उनीहरूको लगानीको समेत सुनिश्चितता दिलाउन पेटेन्ट, टे«डमार्क, डिजाइन, कपी राइटलगायतका बौद्धिक सम्पत्ति संरक्षणका विषय महत्वपूर्ण रहेको सन्दर्भमा महासंघले यी विषयमा सरकारस“ग बारम्बार पैरवी गर्दै आएको बताउनुभयो । महासंघले बौद्धिक संरक्षणका विषयमा निरन्तर रूपमा आवाज उठाउ“दै आएको र सरकारस“ग पनि निरन्तर कार्य गर्दै आएको र आगामी दिनमा पनि सरकार र वाइपोसंग मिलेर कार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा महासंघका तर्फबाट डा. पोषराज पाण्डे, उद्योग विभागका तर्फबाट महानिर्देशक विनोद प्रकाश सिंह, नेपाल उद्योग परिसंघका तर्फबाट डा. रूद्र शर्माले कार्यपत्र प्रस्तुत गर्नुभयो । उद्योग विगागकोे तथ्यांकअनुसार अहिलेसम्म ४ लाख ९१ हजार ट्रेड मार्क, ७८ वटा पेटेन्ट र १५४ वटा डिजाइन दर्ता भएका छन् ।

कार्यक्रममा जेनेभास्थित विश्व बौद्धिक संगठनको अतिकम विकसित देशलाई हेर्ने विभागका परामर्शदाता मोहमद, ड्यानुअल इस्लामले कार्यक्रमको विषयमाथि जानकारी गराउ“दै वाइपोबाट आगामी दिनमा नेपालमा हुन सक्ने सहकार्यका विषयमा प्रकाश पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्