रिलायन्स फाइनान्सको साधारण सभा सम्पन्न



नेपाल समाचारपत्र,काठमाडौं
रिलायन्स फाइनान्सको आठौं तथा नवौं वार्षिक साधारण सभा सोमबार संस्थाका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ ।

उक्त साधारण सभाबाट संस्थापक समूहबाट कुश प्रसाद मल्ली, सुरकृष्ण वैद्य र रविकृष्ण श्रेष्ठ र सर्वसाधारण शेयरधनीको तर्फबाट तुलसीप्रसाद बराल, उपेन्द्रबहादुर कार्की र श्वेता कक्षपती (शाक्य) सञ्चालकमा निर्विरोध निर्वाचित हुनु भएको छ । साथै निर्वाचित सञ्चालकमध्येबाट कुशप्रसाद मल्लीलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरिएको कम्पनीले जनाएको छ ।

साधारण सभाले संस्थाको आव २०७३÷७४ को नाफाबाट शेयरधनीलाई १२ प्रतिशत वोनस शेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । सो प्रस्ताव पारित भए पश्चात संस्थाको चुक्ता पु“जी ८३ करोड २४ लाख १६ हजार ६३ रुपिया“ पुगेको छ ।

साथै आव २०७४÷०७५ को मुनाफाबाट यस संस्थाको कायम हुन आउने कुल चुक्ता पु“जीमा २ दशमलव ५० प्रतिशतका दरले २ करोड ८ लाख १० हजार ४०२ रुपिया“ नगद लाभांश र कर प्रयोजनार्थ शून्य दशमलव १३ प्रतिशतका दरले १० लाख ९५ हजार २८४ रुपिया“ गरी जम्मा २ दशमलव ६३ प्रतिशतका दरले २ करोड १९ लाख ५ हजार ६८६ रुपिया“ नगद लाभाँश शेयरधनीलाई प्रदान गर्ने प्रस्ताव पनि पारित भएको छ ।

मुख्य शाखा कार्यालय काठमाडांैमा भएको संस्थाको काठमाडौं उपत्यका बाहिर पोखरा (कास्की), बेंसीशहर (लमजुङ) नारायणघाट (चितवन), आरुघाट (गोरखा), जनागाल बनेपा (काभ्रेपलाञ्चोक), चारआली ( झापा), र गोरखा बजार (गोरखा) र काठमाडौ उपत्यकाभित्र न्यूरोड, इमाडोलसमेत गरी हाल शाखा संख्या ९ रहेको छ । यस संस्थाले यस आवभित्र दुई वटा शाखा थप गर्नेे लक्ष्य लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्