प्रधानमन्त्रीले बुझ्नुपर्ने कुरा



प्रधानमान्त्री केपी शर्मा ओलीले राजतन्त्र चाहिने भन्नु मूर्ख हो भन्दै अभिव्यक्ति दिएका छन् । उलने राजतन्त्र फेरि चाहियो भन्नेहरुलाई ‘मूर्ख’ को संज्ञा दिएका छन् । राजतन्त्र अन्त्य भएको झन्डै ११ वर्ष बितिसक्दा पनि प्रधानमन्त्री ओलीले राजतन्त्रको विरोध गर्दै अभिव्यक्ति दिएका छन् । जनताले राजतन्त्रको समर्थन गर्नुपर्नाको कारण के हो भन्ने प्रधानमन्त्री ओलीले बुझ्न जरुरी छ ।

गणतन्त्र आएपछि पनि राजतन्त्रको समर्थनमा जनता ओर्लिएका छन् । सुशासन आएको छैन, भ्रष्टाचार न्यूनीकरण हुन सकेको छैन, देशको अर्थतन्त्र नै कमजोर देखिएको छ अनि प्रधानमन्त्रीले राजतन्त्र चाहिनेलाई मूर्खको संज्ञा दिनु अस्वभनीय छ । किनभने, राजतन्त्रका सकारात्मक पक्ष र नकारात्मक पक्षलाई सरकारले बुझ्न जरुरी छ । राजतन्त्र र गणतन्त्रमा जनताले फरक देख्न नसक्नु र जनताले गणतन्त्रको अनुभूति पाउन नसकेपछि राजतन्त्रको समर्थनमा आवाज उठाउनु स्वीकार्य पनि छ । किनभने, देशमा गणतन्त्र आइसक्दा पनि जनताले गणतन्त्रको अनुभूति पाउन सकिरहेका छैनन् ।

तसर्थ, राज्यले जनतालाई गणतन्त्रको अनुभूति दिन सक्नुपर्छ । देशमा सुशासन कायम गर्दै भ्रष्टाचारको अन्त्य गर्न राज्यपक्ष गम्भीर हुनुपर्छ । त्यसै गरी, देशको आर्थिक स्थितिलाई मजबुत बनाउन आवश्यक छ । देशको समग्र अवस्थालाई सुधार्न सकेमात्र प्रधानमन्त्रीले राजतन्त्रको विरोध गर्नु स्वभाविक हुन्छ । अतः देशको विकास र गणतन्त्रको सुविधा दिलाउन राज्यक्ष गम्भीर हुनुपर्छ ।
– सरला मगर, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्