जनजाति महोत्सवमा च्याब्रुङ उत्कृष्ट



नेपाल आदिवासी जनजाति चलचित्र महासंघद्वारा राजधानीमा आयोजित तीनदिने तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सव–२०७६ मा लिम्बु भाषाको फिल्म के च्याब्रुङ उत्कृष्ट फिल्म सावित भएको छ।

राष्ट्रिय सभागृह सम्पन्न महोत्सवमा गुरुङ फिल्म म्ले क्युबाट जसमाया गुरुङ उत्कृष्ट निर्देशक, गुरुङ फिल्म रिजेनासाबाट बलबहादुर गुरुङ उत्कृष्ट पुरुष कलाकार, मगर भाषाकोखुर्पेटोबाट बिना थापा मगर उत्कृष्ट महिला कलाकार र राई भाषाको फिल्म यारीबाट युवराज वीरबहादुर राई उत्कृष्ट छायाँकार भए।

महोत्सवका विजयीहरूलाई कार्यक्रमका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले पुरस्कार प्रदान गरे। समारोहमा गुरुङ भाषाको रिजेनासा ४ सय १ सदर मतबाट ३० हजार रुपिया“ नगदसहित पब्लिक च्वाइस अवार्ड जित्न सफल भएको छ।

आयोजक महासंघका अध्यक्ष अमृत सुनुवारको सभापतित्वमा सम्पन्न समारोहमा राजवंशी भाषाकोपुल्टी बेस्ट सर्ट फिल्म र सुनुवार भाषाकोछेककगु बेस्ट डकुमेन्ट्री भएका छन्। महोत्सवमा पत्रकार विजयरत्न असंवरे तुलाधर, नेपालको पहिलो महिला सिनेमाटोग्राफर शवनम मुखिया र आदिवासी कलाकर्मी राज थापा निर्णायक रहेका थिए।

प्रतिक्रिया दिनुहोस्