नेवार सुन्दरीको प्रतिभा



मिस नेवाः नेपाः ११३९ का प्रतियोगितहरूले राजधानीमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्।

नेप्लिज फेसन होमले आयोजना गर्न लागेको नेवार समुदायका युवतीको यो प्रतियोगिताका प्रतिस्पर्धीले नेवारी कला र संस्कृति झल्कने शैलीका प्रतिभा प्रस्तुत गरेका थिए। प्रतियोगिताका प्रतिस्पर्धीमध्ये अधिकांशले नृत्यमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।

कार्यक्रममा सिर्जना श्रेष्ठ, रेफिना श्रेष्ठ, रोशनी कुमपाखा, स्केना कोजु, बिदिशा श्रेष्ठ, पल्सा महर्जन, सुजिना शाही, कञ्चन तिताजु, संगीता महर्जन, कृषा गैंजु, रोजी शाक्य, नीतु ढंगोल, अजुमी शाही, इशा श्रेष्ठ तथा युनिषा शाहीले विभिन्न नेवारी गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्