मस्कोमा सुष्माको एकल कला



रुसको राजधानी मस्कोमा गत शुक्रबारदेखि जारी नेपाल फेस्ट सांस्कृतिक मेलामा कलाकार सुष्मा राजभण्डारीको १६औं एकल चित्रकलाको रुसका लागि नेपाली राजदूत ऋषिराम घिमिरेले शुभारम्भ गरे।
प्रदर्शनीमा एनआरएन रुसका अध्यक्ष रामेश्वर गौतम, महासचिव डा. बद्री केसी, पूर्वअध्यक्ष दीनानाथ राजभण्डारीलगायत नेपालबाट पुगेका विभिन्न संघ–संस्थाका प्रतिनिधि सहभागी थिए। समारोहमा राजदूत घिमिरेले यस्ता कार्यक्रमले दुई देशबीचको दौत्य सम्बन्धलाई अझ गहिरो बनाउने चर्चा गरे। कलाकार राजभण्डारीले नेपाली कलाकार जुनसुकै देशमा गएर पनि आफ्नो देशको पहिचान राख्न सक्षम भएको र आपसी सम्बन्धलाई अझ मजबुत गर्न सकिने तथा  विदेशी कलाकारको चित्रकला पनि अवलोकन गरेर नयाँ कुरा सिक्न सकिने चर्चा गरिन्।

प्रतिक्रिया दिनुहोस्