हङकङमा विधेयक विरुद्ध विशाल प्रदर्शन



हङकङ,(एजेन्सी)
चीनले आफ्नो विशेष प्रशासकिय क्षेत्र हङकङका विपक्षी राजनीतक समुहहरु माथि लक्षित गर्न सक्ने खालको एक कानुनको विरोधमा आइतवार हंगकंगमा दसौं हजार स्थानिय वासिन्दाले विरोध प्रदर्शन गरेका छन् ।

उक्त विवादास्पद सुपुर्दगी विधेयकले आशंकित अपराधिहरुलाई मुद्धा चलाउन मुख्यभुमि चीनमा पठाउन सकिने अनुमति दिने बताइएको छ । हंगकंगकै इतिहासमा यो आन्दोलन सन् २०१४ को अम्व्रेला मुभमेन्ट पछिको दोश्रो सबैभन्दा ठूलो भएको बताइएको छ । तर सरकारले भने विगतका कमि कमजोरीहरु हटाउन तथा सुरक्षा व्यवस्थालाई अझै मजबुत बनाउन यो विधेयक बनाइएको दावी गरेको छ ।

हङकङका नेता क्यार्री लामले जुलाई अघि नै सो कानुनी संशोधन पारित गर्न दवाव दिएका छन् । यस विधेयकका समर्थकहरुले धार्मिक वा राजनीतिक कारवाहीमा परेका कसैलाई पनि थप मुद्धा चलाउन चीनमा पठाउन यस विधेयकले सहयोग पु¥याउने बताएका छन् ।

तर आलोचकहरुले भने वेलायती उपनिवेशकालमा अभियोग लागेकाहरुलाई चीनको त्रुटीपूर्ण न्यायप्रणालीको दायरामा ल्याइन सक्ने तथा हंगकंगको न्यायिक स्वतन्त्रता अझै खस्किन सक्ने गुनासो गरेका छन् । प्रचण्ड गर्मीबिच हिजोको प्रर्दशनमा सेतो पोशाक लगाएर भागलिनेहरुमा व्यापारी , उद्योगपति देखि वकिल , बिद्यार्थी प्रजतन्त्रका हिमायती र धार्मिक समुहहरु समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्