नासाद्वारा पर्यटकका लागि अन्तरिक्ष केन्द्र खुला



पासाडेना (एजेन्सी)
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आगामी बर्षदेखि पर्यटकले अन्तराष्ट्रिय स्पेस स्टेसनमा जान सकिने र तयसका लागि उसले एक रातको ३५ हजार डलर तिर्नु पर्ने जनाएको छ ।

उक्त संस्थाले अन्तरिक्ष केन्द्रलाई पर्यटन र अन्य ब्यापारिक प्रयोजनका लागि खाल्न लागेको जानकार दिएको छ । हरेक बर्ष कम अवधिका दुई निजि अन्तरिक्ष अभियान पठाइने योजना रहेको अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)का उप निर्देशक रबिन गेटेन्सले बताए । ती अभियानका खर्च निजि कम्पनीले नै ब्यहोर्नेछन् ।

निजि अन्तरिक्ष यात्रीहरुले आइएसएस सम्म जान तीस दिनको समय पाउने र उनीहरुले अमेरिकी अन्तरिक्ष यानबाट यात्रा गर्ने नासाले बताए ।

अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र बाहिरी अन्तरिक्षमा रहेको छ । यसलाई अन्तरिक्षसँग सम्बन्धित शोध गर्नका लागि विकिसित गरिएको हो । यो पृथ्वीको निकट कक्षमै स्थापित गरिएको छ ।

यो अन्तरिक्ष केन्द्र एक प्रकारको कृत्रिम उपग्रह हो र त्यहाँ अन्तरिक्ष यात्री बस्दै आइरहेका छन् र सबै वैज्ञानिक प्रयोगहरु गर्छन् ।

नासाका प्रमुख आर्थिक अधिकारी जेफ डेविटले न्युयोर्कमा भने– नासा अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रलाई ब्यवसायिक अवसरका लागि खोल्न लागिएको हो । हामी यो पहिलो पटक गर्न गइरहेका छौं ।

अन्तरिक्षमा जाने को को हुने हो भन्ने कुरा निजि कम्पनीहरुले नै तय गरिने र निजि अन्तरिक्ष यात्रीलाई अन्तरिक्ष उडानका लागि तालिम तथा स्वास्थ्य सेवा उपलब्ध गराइने नासाले जनाएको छ ।

हरेक बर्ष १२ निजि अन्तरिक्ष यात्री अन्तरिक्ष केन्द्रमा जान पाउनेछ ।
यसका लागि नासाले दुई कम्पनीलाई नियुक्त गरेको छ – इलोन मस्कको स्पेसएक्स र बोइंग । स्पेस एक्सले आफनो ड्रागन क्याप्सुलको प्रयोग गर्नेछ र बोइंग स्टारलाइनर नामक अन्तरिक्ष यान निर्माण गरिरहेको छ ।

ती कम्पनीहरुले कुनै निजि अन्तरिक्ष यात्रीसँग त्यति नै शुल्क असुल्ने छ जति उसले नासाबाट उसका अन्तरिक्ष यात्रीका लागि लिनेछ । अर्थात यसका लागि प्रति उडान उसलाई ६ करोड डलर भाडा तिुर्न पर्नेछ ।

यसअघि नासाले अन्तरिक्ष केन्द्रलाई कुनै ब्यवसायिक प्रयोगमा रोक लगाएको थियो । उसका अन्तरिक्ष यात्री कुनै कम्पनीको अनुसन्धानमा हिस्सा लिन पाउँदैनथ्यो ।

यद्यपी नासा यो अन्तरिक्ष केन्द्रको मालिक भने होइन । सन् १९९८ मा यसलाई अमेरिकाले रुससँग मिलेर बनाउन थालेको थियो ।

सन् २००१ मा अमेरिकी ब्यवसायी डेनिस टिटो अन्तराष्ट्रिय स्पेस स्टेसनमा जाने पहिलो पर्यटक हुन् । उनले दुई तर्फी यात्राका लागि रुसलाई दुई करोड डलर तिरेका थिए ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बर्ष पेश गरेको बजेटमा सन् २०२५ सम्ममा अन्तरिक्ष केन्द्रलाई सरकारी पैसाबाट सन्चानलन गर्ने कार्य बन्द गर्नु पर्ने माग गरेका थिए ।

यस स्थितिमा नासाको यो नयाँ घोषणा स्ेटसनलाई पुर्ण रुपमा निजिकरण गर्ने तर्फ बढाइएकाृ कदमका रुपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्