मोदीलाई सर्वोच्च सम्मान



माले (एजेन्सी)
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई मालदिभ्सले विदेशी ब्यक्तीलाई दि इने सबैभन्दा सर्वोच्च सम्मान ‘रुल अफ निसान इज्जुद्दिन ‘बाट सम्मानित गरेको छ । मोदीले ट्विटमार्फट उक्त सम्मानको जानकारी दिएको हो ।

ट्विटमा मालदिभ्सले आफुलार्य देशको सर्वोच्च सम्मान दिएको र आफुले त्यसलाई विनम्रता पुर्वक स्विकार गरेको उनले जनाएको छ । यो दुई देशबीचको मित्रताको सम्मान भएको पनि उनले थपे ।

दुबै देशका नेताले एक संयुक्त प्रेस सम्मेदनमा द्विपक्षिय सम्बन्ध बलियो पार्नमा जोड दिएको छ । राजनितिक संकटबाट गुज्रिरहेको मालदिभ्समा अहिले भारत समर्थक राष्ट्रपति इब्राहिम मोहमेद सोलिह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्