शुभश्रीले जितिन् उपाधि



काठमाडाैं (नेस)
सत्यनारायण स्मृति राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिसअन्तर्गत् गल्र्स यु १० तर्फ शुभश्री श्रेष्ठले उपाधि जितेकी छन् ।

उपाधि भिडन्तमा युलेन्सकी सुभश्रीले प्र्रभात स्कूलकी क्यारिना सुवाललाई पराजित गर्दै उपाधि जितेकी हुन् । ८ वर्षीया शुभश्री हालै भएको आठौं राष्ट्रिय खेलकुदमा सबैभन्दा कम उमेरकी खेलाडीको रुपमा सहभागि भएकी हुन् । उनी नेपाल पुलिस क्लबमा आबद्ध रहेकी छिन् । त्यस्तै ब्वाइजतर्फ एसभीआईका उज्ज्वल मानन्धरले एभीएमका कृष्णा महरालाई हराए ।

यसैगरी यु १२ ब्वाइजको फाइनलमा एभीएमका एलेन महर्जनले आफ्नै स्कूलका आयुष भारतीलाई पराजित गरेका थिए । त्यस्तै गल्र्सको फाइनलमा एभीएमकी बियान्का राईले प्रभातकी प्रदीपा सुवाललाई हराइन् । यु १४ ब्वाइजमा पुष्पसदनका सिद्धार्थ तामाङले उपाधि हात पारे । ब्वाइज टिम इभेन्टमा एभीएमले युरो किड्स विराटनगरलाई ३–१ ले हराएर उपाधि हासिल ग¥योे ।

प्रतिक्रिया दिनुहोस्