नाडालको फ्रेन्च ओपनमा इतिहास



पेरिस, (एजेन्सी)
किंग अफ क्ले राफाल नाडालले १२औं फ्रेन्च ओपन टेनिस प्रतियोगिताको उपाधि जितेर इतिहास रचेका छन् ।

आईतबार पेरिसको रोलान्ड गेरोसमा भएको फाइनल खेलमा नाडालले अस्ट्रियाका डोमिनिक थिएमलाई ३–१ सेटमा हराएका हुन् । नाडालले एउटै ग्रान्डस्लाम १२ पटक जित्ने कीर्तिमान राखेका हुन् । यसअघि अस्टे«लियाकी मार्गारेट कोर्टले अस्टे«लियन ओपन ११ पटक जितेकी थिइन् । तेस्रो नम्बरमा चेकमा जन्मेकी अमेरिकी खेलाडी मार्टिना नाभ्रातोलिभा छिन् । उनले विम्बल्डन ९ पटक जितेकी थिइन् ।

माटोका राजाले परिचित नाडालले पहिलो सेट ६–३ ले जितेपनि थिएमले दोस्रो सेटमा पुनरागमन गर्दै ७–५ ले नतिजा आफ्नो पक्षमा पारेका थिए । तर नाडालले तेस्रो र चौथोमा थिएमबाट कुनै चुनौती पाएनन् । उनले ती सेट समान ६–१ ले जित्दै फ्रेन्च ओपनमा इतिहास रचे ।

यस्तै किंग अफ क्लेको उपनाम पाएका नाडालले योसँगै ग्रान्डस्लाम उपाधि १८औं पटक जितेका छन् । उनी अब सर्वाधिक ग्रान्डस्लाम विजेता स्विस खेलाडी रोजर फेडेररभन्दा २ उपाधिले पछि छन् । ३८ वर्ष पुगेका फेडेररले अहिलेसम्म सर्वाधिक २० ग्रान्डस्लाम जितेका छन् । प्रतियोगितामा उनको यात्रा सेमिफाइनलमा नाडालले नै समाप्त पारेका थिए ।

यस्तै महिलासिंगल्स उपाधि अस्टे«लियाकी एश्लेग बार्टीले जितेकी छिन् । उनले फाइनलमा चेक खेलाडी मार्केटा भोन्ड्रोस्कोभालाई ६–१, ६–३ ले हराएकी थिइन् । उनी मार्गारेट कोर्टपछि ग्रान्डस्लाम जित्ने पहिलो अस्टे«लियन खेलाडी बनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्