युवा अड्¥याउनै नसक्ने प्रचार



‘अब कोही पनि नेपाली भोको हुनु पर्दैन, कोही पनि बेरोजगार बन्नु पर्दैन’–पीएम ओलीको यो तर्क सुन्दा युवा जमात उत्साहित हुनु स्वभाविक हो । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको खाका बुन्दै गर्दा सार्वजनिक भएको उनको तर्क सो हिजो–आज पनि दोहोरिएको दोहोरिएकै छ ।

बेरोजगारलाई स्वदेशमै रोजगार दिने, मासिक तलव, भत्ता दिने कार्यक्रम लागु हुने भएसी अन्य मन्त्री र सत्ता पक्षिय कित्ताका ओली अनुयायी पनि त्यहि वाक्य राम्रैसँग दोहो¥याए, दोहो¥याइरहेका छन् । गत शुक्रवारदेखि औपचारिक रुपमा स्वरोजगार कार्यक्रम शुरु भएसँगै अब झन् यो वाक्य झन् घन्किनेवाला छ । स्वरोजगार कार्यक्रम प्रधानमन्त्री, मन्त्री र सत्ता कित्ताका नेताको भाषणमा स्थायी वाक्य बन्ने निधो छ ।

व्यापक प्रचार–प्रसार गरेर सरकारले स्वरोजगार कार्यक्रम शुरु ग¥या छ तर बेरोजगार युवा युवती सो कार्यक्रमबारे अनविज्ञ छन् कि क्याहो ? रोजगारका लागि कोरिया जानेहरुको भाषा परीक्षामा देखिएको भीडभाडले त्यस्तै बताउँछ त ? शनिवार भएको भाषा परीक्षमा ८४ हजार भन्दा बढी सहभागी भएको धरहराले प्रष्टै देख्यो ।

‘काम नपाएर अब कोही विदेशिनु पर्दैन’–पीएम ओली यस्तै यस्तै भन्छन् तर भाषा परीक्षामा देखिएको संख्या, त्रिभुवन विमानस्थलमा हरेक दोहोरिने युवाको भीडभाड देख्दा लाग्छ, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको प्रचार–प्रसारमा भएको खर्चले राम्रै हावा खाएछ ।

प्रतिक्रिया दिनुहोस्