सिभिल बैंकद्वारा ढल्केबरमा शाखा स्थापना



काठमाडौं, (नेस)
सिभिल बैंकले धनुषा जिल्लाको ढल्केबरमा शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले गर्नुभयो ।

उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा मिथिला नगरपालिकाका मेयर हरिनारायण महतो, सिभिल बैंक प्रदेश नं २ का प्रदेश प्रमुख दीपककुमार श्रेष्ठलगायतको उपस्थिति थियो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले ढल्केबरको बढ्दो आर्थिक गतिविधिसं“गै सिभिल बैंकले पनि आफ्नो शाखा उक्त क्षेत्रमा बिस्तार गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्