थालिगडा र देहिमाडाैँ फाईनलमा



विनोद सिंह विष्ट, बैतडी ।
दशरथचन्द नगरपालिका २ देहिमाण्डौं र वडा नं ६ थालिगडा , बैतडीको दशरथचन्द नगरपालिकामा जारी उन्नाईस बर्षमुनीको दोस्रो उप–मेयर कप महिला टि –ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी नजिक पुगेका छन् । आइतवार सम्पन्न खेलमा देहिमाडौंले दशरथचन्द नगरपालिका ११ नागार्जुनलाई ९ विकेटले पाखा लगायो भने थालिगडाले वडा नं ४ खलंगालाई १० विकेटको नराम्रो हार चखाउदै उपाधि नजिक पुगेको हो ।

निंगलाशैनी खेल मैदान देहिमाण्डौंमा टस जितेर पहिला ब्याटिंग गरेको खलंगा १०.५ ओभरमा ३८ रनमा सिमित रह्यो । खलंगाका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । खलंगालाई सस्तैमा समेट्न थालिगडाका दमन्ती ओडले ३ विकेट हात पारे भने अन्य ४ ब्याट्सम्यान रनआउट भए । ३९ रनको झिनो लक्ष्य थालिगडाले ५.३ ओभरमा विना विकेटको क्षती पुरा गर्यो । थालिगडाको जितमा दिव्या कार्कीले नटआउट २३ रन बनाए । ३ ओभर बलिंग गर्दै ११ रन खर्चेर ३ विकेट हात पारेका थालिगडा दमन्ती ओड ओम्यान अफ द म्याच घोषित भएका स्कोरर दिपेन्द्र बोहराले जानकारी दिए ।

यस्तै आज सम्पन्न पहिलो खेलमा टस हारेर ब्याटिंगको निम्ता पाएको नागार्जुन १०.५ ओभरमा ३९ रनमा समेटियो । जसमा जानकी भण्डारी र करिश्मा भण्डारीले समान १०÷१० रन बनाए । देहिमाण्डौंका बविता बोहराले ४ तथा मुना बोहराले ३ विकेट हात पारे । ४० रनको झिनो लक्ष्य देहिमाण्डौंले ५.४ ओभरमा १ विकेटको क्षतीमा पुरा गर्यो । जसमा मानवी बोहरा, आरती बोहरा र बविता बोहराले क्रमशः १४, ८ र ७ रनको योगदान गरे । नागार्जुनका लागी निर्माला भण्डारीले १ विकेट हात पारे । खेलका ओम्यान अफ द म्याच देहिमाण्डौंका बविता बोहरा भएकी छन् । देहिमाडौं र थालिगडाविच उपाधी भिडन्त भोली हुनेछ ।

दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग तथा नगर क्रिकेट समितिको व्यस्थापनमा प्रतियोगिता सञ्चालन भएको हो ।

प्रतियोगिताको प्रथम पुरस्कार ३० हजार,द्वितीय पुरस्कार २५ हजार नगद, ट्रफी र प्रमाणपत्र रहेको छ । यस्तै म्यान अफ द सिरीजलाई ५ हजार नगद, ट्रफी र प्रमाणपत्र पुरस्कार दिईने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्