भारतीय प्रधानमन्त्री मोदी श्रीलङ्का भ्रमणमा



कोलम्बो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी छिमेकी मुलुक श्रीलङ्काको भ्रमणमा आउनु भएको छ ।
श्रीलङ्कामा गत अप्रिल २१ तारिखका दिन २५० भन्दा बढीको ज्यान जाने गरी भएको आतङ्ककारी आक्रमणपछि पहिलो विदेशी नेताको भ्रमण भएको हो ।

प्रधानमन्त्रीको रुपमा दोस्रो कार्यकालको जिम्मेवारी सम्हालेपछि पहिलो विदेश भ्रमणका रुपमा माल्दिभ्स पुगेर उहाँ आइतबार श्रीलङ्का आउनु भएको हो ।
भ्रमणका क्रममा उहाँले श्रीलङ्काका उच्च पदस्थ अधिकारीहरुलाई भेट्ने र आइतबार नै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्