निकेशको किकबक्सिङ टिम बन्यो टिम च्याम्पियन



नेपाल समाचारपत्र, ललितपुर ।
नेपाल खुला अन्तर्राष्ट्रिय किकबक्सिङ च्याम्पियनसिप–२०१९ प्रतियोगितामा टिम च्याम्पियन निकेश श्रेष्ठको टिम बन्न सफल भएको छ ।

गएको १८ गतेदेखि तीन दिनसम्म दशरथ रंगशालास्थित कभर्डहलमा चलेको प्रतियोगितामा टिम कोच श्रेष्ठको टिम च्याम्पियन बनेको हो ।

उक्त खेलमा खेलमा फुल कन्ट्याक्ट, लो किक र के वान नियम तर्फ गरी तीन बिधाको खेल भएको थियो। राष्ट्रिय किकबक्सिङ संघ, नेपालको आयोजनामा भएको उक्त प्रतियोगितामा नेपाल लगायत भारतका खेलाडीको समेत सहभागिता थियो ।

टिम कोच श्रेष्ठका टिम तर्फबाट सुमन नेपाली फुल कन्ट्याक्टमा राइजिङ प्लेयर बनेका छन् । रोहित सुनार लो किक बिधामा उत्कृष्ट खेलाडी, विद्या गुरुङ लो किक महिला तर्फबाट उत्कृष्ट खेलाडी बन्न सफल भएको थियो ।

लो किक बिधामै खुला तौलतर्फ भुपेन्द्र शाह राइजिङ प्लेयर बने । भने फुर्देन शेर्पा के वान नियमतर्फ उत्कृष्ट खेलाडी बने । नेपालको पहिलो अन्तर्राष्ट्रिय रेफ्रि डिवान्स श्रेष्ठ, देवराज श्रेष्ठ सम्मान भएका थिए ।

प्रतिक्रिया दिनुहोस्