पाकिस्तानी प्रधानमन्त्री इमरानको मोदीलाई पत्रः समस्या समाधानका लागि वार्ता गरौं



काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठि लेखेका छन् । उनले भर्खरै वार्ताको लागि प्रस्ताव गरेका छन् । इमरान खानले मोदीलाई शुक्रबार पठाएको पत्रमा कश्मीर मुद्दालगायतका सबै समस्या समाधानका लागि वार्ता गर्न चाहेको बताएका हुन् ।

दुई देशबीचको वार्ता नै दुवै देशका जनतालाई गरिबीबाट मुक्त पार्ने एकमात्र उपाय हो । उनले पत्रमा भने ‘यसका लागि क्षेत्रीय विकासका लागि मिलेर काम गर्नु आवश्यक छ ।’
पाकिस्तानले कश्मीर मुद्दासहित सबै समस्याको समाधान चाहेको खानले बताएका छन् ।

मोदी पुनः प्रधानमन्त्री भएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुवै देशका नागरिकको हितका लागि वार्ताको आकांक्षा राखेको यो दोस्रो पटक हो । यद्यपि भारतले अहिलेसम्म इमरान खानको पत्रको जवाफ दिएको छैन ।
केहि महिना अगाडी भएको भारत पाकिस्तान तनावका बेला भर्खरै प्रधानमन्त्री इमारन खानले हिंसा हैना शान्तिको बाटो अप्नाउनुपर्ने भनेका थिए । यस कुराको देशव्यापी चर्चा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्