नयाँ विजेता हुने पक्का



पेरिस, (एजेन्सी)

यसपटकको फ्रेन्चओपन टेनिसअन्तर्गत महिला सिंगल्सको उपाधि नयाँ विजेता बन्ने पक्का भएको छ।
बिहीबार क्वार्टरफाइनल खेलमा १७ वर्षीयाकी अमान्दा एनीसीमोभाले गत वर्षकी विजेता सिमोना हालेपलाई हराएपछि नयाँ विजेता हुने तय भयो। अमेरिकी खेलाडी अमान्दाले रोमानियाकी हालेपलाई ६–२, ६–४ ले हराएकी हुन्। योसँगै ग्रान्डस्लाम जित्ने खेलाडीको चुनौती पनि समाप्त भएको छ।
पहिलो पटक ग्रान्डस्लामको सेमिफाइनलमा ग्रान्डस्लाम नजितेका खेलाडी पुगेका छन्। अमान्दाले अन्तिम चारमा अस्टे«लियाकी एस्लेग बार्टीसँग खेल्नेछिन्।
त्यस्तै अर्को अन्तिम चारको खेलमा चेक खेलाडी मार्केटा भोन्ड्राउसोभा र ब्रिटेनकी योहाना कोन्टाले प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्