आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण



नेपाल समाचारपत्र, काठमाडौं
चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत रहने विश्व बैंकले प्रक्षेपण गरेको छ। विश्व बैंकले पछिल्लो छ महिनाको नेपालको अर्थतन्त्रसम्बन्धी सार्वजनिक गरेको प्रतिवेदनमा कमजोर सरकारी खर्च र व्यापार घाटाका बाबजुत नेपालको आर्थिक वृद्धि तीव्र गतिमा भएको उल्लेख गरेको ।

नेपालको मानव सूचकांक अन्य मुलुकको भन्दा राम्रो रहेको उल्लेख गर्दै विश्व बैंकले मानव पुँजीको क्षमता बुझ्न असमानता घटाउने, सेवा क्षेत्रमा गुणस्तर विकास गर्ने र कमजोरी कम गर्नुपर्नेमा जोड दिएको छ। पर्यटक आगमनमा वृद्धि, निजी लगानीमा भएको विस्तार तथा सहज विद्युत् आपूर्ति जस्ता कारणले नेपाल अर्थतन्त्रको गति सकारात्मक रुपमा अघि बढेको बैंकले जनाएको छ।

पर्यटक आगमनमा वृद्धि, निजी लगानीमा भएको विस्तार तथा सहज विद्युत् आपूर्ति जस्ता कारणले नेपाल अर्थतन्त्रको गति सकारात्मक रुपमा अघि बढेको बैंकले जनाएको छ।

विश्व बैंकले यस वर्ष ४ दशमलव १ प्रतिशतको मूल्यवृद्धि हुने भन्दै उपभोग्य वस्तुको तुलनामा औद्योगिक वस्तुको आयात बढ्दा अर्थतन्त्रलाई फाइदा भएको प्रतिवेदनमा जनाएको छ।

त्यस्तै सेवा र कृषि क्षेत्रको उल्लेख्य योगदान जसमा सेवा र कृषि क्षेत्रको उल्लेख्य योगदान रहने सेवा क्षेत्रमा मात्रै ७ दशमलव ५ प्रतिशतले विस्तार हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। मल, सिँचाइको उपलब्धता एवम् वर्षा समयमा हुँदा कृषि उत्पादनमा सुधार भएको विश्व बैंकको ठहर छ। कृषि क्षेत्रमा ५ प्रतिशतको आर्थिक विस्तार हुने बैंकको अनुमान छ। साथै खुद्रा व्यापार, होटल र रेस्टुरेन्टलगायतको पनि प्रगति सन्तोषप्रद रहेको जनाइएको छ।

सन् २०१९ को मध्यसम्म रेमिट्यान्सको आप्रवाह नियमित रहेमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर ६ दशमलव ५ प्रतिशतको रहने विश्व बैंकको प्रक्षेपण छ। विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा देखिएको गिरावटले बैंकहरूमा निक्षेप कम भएको छ। जसले गर्दा बैंकहरूसँग लगानीयोग्य तरलता अभाव हुने विश्व बैंको अनुमान छ। यो समस्याबाट मुक्त हुन नेपालले उत्पादन बढाउने र निर्यातको माध्यमबाट आय गर्ने कार्य गर्ने उसको सुझाव छ।विश्व बैंकले रेमिट्यान्स आप्रवाहमा आएको गिरावटलाई चुनौतीका रुपमा लिएको छ।

बजारमा १८ दशमलव १ प्रतिशतले नगद प्रवाह बढ्दा समेत मुद्रास्फीति सरदर न्यून नै रहेको देखिएको छ। आयातमा उल्लेख्य गिरावट आए पनि नेपालले आफ्नो उत्पादन निर्यात गर्न नसक्दा व्यापार घाटा उच्च नै रहेको प्रतिवेदनमा उल्लेख छ। नेपालमा प्राकृतिक प्रकोपको उच्च सम्भावना रहेकाले त्यसले जुनसुकै बेला आर्थिक वृद्धिलाई रोक्न सक्ने हुनाले यस्ता समस्याले नछुने क्षेत्रमा ध्यान दिई दिगो आर्थिक विकासको सुरक्षण गर्नुपर्ने विश्व बैंकको सुझाव छ।

विश्व बैंकले संघीयताको कार्यान्वयनसँगै सेवा प्रवाहमा राम्रो विकास हुने सम्भावनालाई ध्यान दिंँदै सो क्षेत्रमा क्षमता अभिवृद्धि गर्नु आवश्यक प्रतिवेदनमा उल्लेख गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्