संगीतमा हाँस्ने खेल्ने



लोकदोहोरी गायक तथा सञ्चारकर्मी शरण हुमागाईं र सपना गुरुङको स्वरमा हाँस्ने खेल्ने बोलको गीत सार्वजनिक गरिएको छ।

डीएआर मुभिजको प्रस्तुतिमा आएको गीतमा लोकगायक मच्छेश्वर सापकोटाको लय र सर्जक सरोज लामिछानेको थेगो, शब्द शरण हुमागाईंको रहेको छ। सर्जक मच्छेश्वर सापकोटाको पुरानो गीतलाई नयाँ प्रविधिमा स्टुडियो मालाश्रीमा रेर्कड गरिएको गीतको ध्वनि सम्पादन खडक बाजुरालीले गरेका छन्। हेरुका लामाको नृत्य निर्देशन रहेको गीतको भिडियोमा स्वयं हेरुका लामा र आयुष्मा कार्कीको अभिनय रहेको छ। दृश्य छायांकन र ड्रोन रोनिश तामाङको रहेको छ।

म्युजिक भिडियोको सम्पादन नवीन भट्टले गरेका छन्। गीतको म्युजिक भिडियो डीएआर मुभिजको अफिसियल युट्युब च्यानलबाट दर्शकमाझ ल्याइएको हो।

प्रतिक्रिया दिनुहोस्