ट्रम्पको कार्यप्रति रिपब्लिकनको विरोध



वासिङ्टन, (एजेन्सी)

अमेरिकी रिपब्लिकन सिनेटरहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट आउने सम्पूर्ण वस्तुमाथि ट्यारिफ लगाउन दिएको चेतावनीको घोर विरोध गरेका छन्। केही दिनअघि मात्र ट्रम्पले मेकिस्कोबाट अवैध तरिकाले अमेरिका प्रवेश गर्ने आप्रवासी समस्यालाई लक्षित गर्दै सो चेतावनी दिएका थिए।
साथै ट्रम्पले मेक्सिको सरकारले आप्रवासी समस्यालाई गम्भीर ढंगले सम्बोधन गरी समाधानको बाटो ननिकालेसम्म विस्तारै ती वस्तुमाथिको ट्यारिफ बढाइँदै लैजाने बताएका थिए। राष्ट्रपति भवन ≈वाइट हाउसका अधिकारीसँगको गोप्य बैठकमा सिनेटरहरूले आफूहरूले ट्यारिफ रोक्ने कदम चाल्ने योजना बनाएको जानकारी दिएका छन्।

राष्ट्रपति ट्रम्पले आगामी सातादेखि लागू हुने गरी मेक्सिकोका सम्पूर्ण वस्तुमाथि ५ प्रतिशत कर लगाउने आफ्नो योजना बताएका थिए। हाल अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पसँग बेलायतको तीनदिने औपचारिक भ्रमणमा रहेका डोनाल्ड ट्रम्पले आफूलाई रोक्ने रिपब्लिकनहरूको प्रयासलाई मूर्खताको संज्ञा दिएका छन्।

राष्ट्रपति ट्रम्पको प्रस्तावअनुसार ती वस्तुमाथिको ट्यारिफ प्रत्येक महिना ५ प्रतिशतले बढ्दै जानेछ भने यदि मेक्सिकोले दक्षिणी सिमाना पार गर्दै आफ्ना नागरिकलाई अमेरिका प्रवेश गर्न नरोकेको खण्डमा अक्टोबरसम्ममा सो ट्यारिफ २५ प्रतिशत पुग्नेछ।

सिनेट बहुमत नेता मित्च म्याकोन्नेलले निश्चित पनि आफ्नो बैठकमा ट्यारिफालाई कुनै स्थान नभएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्