ढिला आयो तर कडा आयो !



धनवीर दाहाल, रुकुम ।
ढिला आयो तर कडा आयो यो बाक्यले यतिबेला नेपाली बजारमा निकै चर्चा पाएको छ । फेसबुक लगाएतका सामाजिक संजालहरुमा त केही नयाँ कुरा आउन बित्तिकै यो बाक्य कमेन्टमा आइहाल्छ ।

यति मात्र होइन गाँउघरमा, शहरका चोकहरुमा मानिसहरु एक आपसमा कुरा गर्दा पनि यो बाक्य बोलिरहेको सुनिन्छ । खासमा यो बाक्यले चर्चा पाउनुको कारण भनेको यतिबेला नेपाली लोकसंगित क्षेत्रमा छुट्टै पहिचान बोकेको गित “गलबन्दी” हो ।

अहिले देश तथा बिदेशमा सर्वाधिक चर्चामा छ “गलबन्दी” । शहर बजार तथा गाँउघरमा सबैले गुनगुनाइरहेका छन् “गलबन्दी”। चर्चित कलाकारहरुले निर्माण गरेको गित “गलबन्दी”ले नेपाली संगित क्षेत्रको गरिमा बढाएको चर्चा हुन थालेको छ । शान्तिश्री परियार र प्रकाश सपुतको अत्यन्तै मौलिकताले भरिएको गितको भिडियोमा प्रकाश र अञ्जली अधिकारीले बिशेष अभिनय गरेका छन् ।

भिडियोलाई ‘बोल माया’ कै कथाको प्रिक्वेलका रूपमा पनि ‘गलबन्दी’ को कथालाई रिलेट गरेर हेरेका छन् । ‘गलबन्दी’ भिडियो युट्युबमा राखिएको दस दिनमा ६५ लाख बढी भ्युज आइसकेको छ । यति मात्र होइन सो गितको बिच बिचमा हुने संवादले साँच्चीकै आफ्नै घरछेउको रोदीमा गाइएको अनुभुति दर्शकको छ ।

ढिला आयो तर कडा आयो , केटाको इज्जत राख रोचेर, क्या चिच्त बुझ्दो भनि नि मनकै राम्रो नभए त्यो जाबो धनको के काम ? लगाएतका यि संवादले गितको लोकप्रियता झन बढाएका छन् । बोलमाया गितकै टिमले सो गित तयार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्