पाकिस्तानको पहिलो जित



लन्डन, (एजेन्सी)
जारी क्रिकेट विश्वकप हुनुअगाडि पाकिस्तानले इंग्ल्यान्डमै भएको वानडे सिरिज ४–० ले गुमाएको थियो। टोलीले १२ खेल लगातार हारेको पनि थियो। तर, यही टोलीले इंग्ल्यान्डलाई उनकै टे«न्ट ब्रिजको स्लो पिचमा १४ रनले स्तब्ध तुल्यायो। त्यसो त जोए रुट र जोस बटलरले सानदार खेल देखाएका थिए। दुवैले शतक प्रहार गरे पनि। तर, यो जितका लागि पर्याप्त भएन र विश्वकप जित्ने लक्ष्यमा रहेको इंग्ल्यान्डले झट्का खानु प¥यो।

पाकिस्तानले ३ सय ४९ रनको कीर्तिमानी लक्ष्य तेर्साएको थियो। जेसन राय, जोनी बेयरस्टो र बेन स्टोक्स छिट्टै पवेलियन फर्काएर पाकिस्तानले जितको पाइला चालेको थियो। बटलर क्रिजमा आउँदासम्म ४ विकेट गुमाएर १ सय १८ रनको कमजोर स्थितिमा थियो। इंग्ल्यान्डलाई जितका लागि २ सय ३१ रनको आवश्यकता थियो।

पाकिस्तानका बलरको दबाबमै पनि रुटले १ सय ७ रन बनाए। साथै उनले जारी विश्वकपमा पहिलो शतक प्रहार गर्ने उपलब्धि हासिल गरे। उनलाई सादाबले आउट गरे।

यसपछि बटलरले १ सय ३ रनको शतकीय इनिङ खेले। उनलाई मोहम्मद आमिरले पवेलियन फर्काएका थिए। बटलर आउट हुँदा इंग्ल्यान्डले जित हात पार्न ३९ बलमा ६१ रन बनाउन जरुरी थियो। तर, उनकै विकेट पतनले नै पाकिस्तानका लागि जित पक्का भएको थियो। यद्दपि बटलर आउट भएपछि क्रिस वोक्स र माइन अलीले पनि जितको आश देखाएका थिए। उनीहरूले ३ सय २० सम्म पु¥याउँदा वहाब रियाजको लगातार दुई बलमा दुवै जना आउट भए। इंग्ल्यान्ड ३ सय ३४ रनमा समेटियो। पाकिस्तानले पहिलो खेलमा १ सय ५ रनमा अलआउट भएर नराम्रो हार बेहोर्नुपरेको पीडामा मलम लगाउन सफल भयो। साथै पाकिस्तानले विश्वकपमा उपाधि दाबेदारीमा रहेको चेतावनी पनि दिएको छ।

यसअघि पाकिस्तानको ब्याटिङमा मोहम्मद हाफिजले सर्वाधिक ८४ रन जोडेका थिए। उनी १४ रन हुँदा रायले क्याच ड्रप गर्नु पनि पाकिस्तानले विशाल लक्ष्य तेर्साउन मद्दत पुगेको थियो। त्यस्तै पहिलो विकेटका लागि फखर जमान (३६ रन) र इमाम उल हक ९४४ रन० ले १४ ओभरमा ८२ रनको साझेदारी गरेर पाकिस्तानलाई राम्रो शुरुआत दिलाएका थिए। अन्यमा बाबर आजमले ६३ रन र कप्तान सरफराज अहमदले ५५ रनको योगदान दिए।

प्रतिक्रिया दिनुहोस्