नेपाललाई चार स्वर्ण



काठमाडौं, (नेस)

भुटानको राजधानी थिम्पुमा आयोजना भएको पाँचौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले चार स्वर्ण जितेको छ।
च्याम्पियनसिपमा नेपालले चार स्वर्ण, एक रजत र दुई कांस्य जितेको वरिष्ठ तेक्वान्दो प्रशिक्षक नवीनकुमार श्रेष्ठले जानकारी दिए। महिला ४२ केजी जुनियरमा अनुज्ञा सापकोटा, पुरुष २४ केजी जुनियरमा इमोन राना, पुरुषकै ४२ केजी जुनियरमा अरूण तिवारी र पुरुषकै ७२ केजी सिनियरमा अर्जुनबहादुर सार्कीले स्वर्ण जिते। यसै गरी महिला ४६ केजी तौल समूहको सिनियर स्पर्धामा सर्मिला खड्काले रजत पदक जितिन्।

 

प्रतिक्रिया दिनुहोस्