डुटेर्टेले मञ्चमै पाँच महिलाको चुम्बन लिए



टोकियो, (एजेन्सी)

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले जापानको एक मञ्चमा भाषणका क्रममा पाँच महिलालाई चुम्बन गरेको घटनाले विशेष चर्चा पाइरहेको छ। चुम्बनका क्रममा उनकी पत्नी मञ्चमा उनीसँग आसिन थिइन्।
डुटेर्टेले उनको समलैंगिकताको उपचार हुन सक्नुमा महिला नै भएको बताए। उनको यो बयान फिलिपिन्सका विपक्षी नेता एन्टोनियो ट्रिलानेसमाथि ब्यंग्यका रूपमा हेरिएको छ।
त्रिलानेसको अभियानले उनी समलिंगी हो भन्ने देखाएको डुटेर्टेले बताए। कुनै बेला आफू र त्रिलानेस उस्तै भएको तर महिलाका कारण आपूm ठीक भएको डुटेर्टेले बताए। जापानमा बसिरहेका फिलिपिन्सका नागरिकहरुलाई सम्बोधन गर्ने क्रममा विपक्षी नेतालाई निशाना बनाउँदै सो कुरा उनले बताएका हुन्। उनले भने– ‘महिलाका कारण म ठीक भएँ। म फेरि मर्द बनें। यसो सँगै उनले मञ्चनजिकै उभिएका केही महिलालाई आपूmलाई चुम्बन गर्न भने। सञ्चार माध्यमका अनुसार डुटेर्टेले त्यस्ता महिलासँग चुम्बन गर्न चाहेका थिए, जो विवाहित र कम उमेरका होइनन्। त्यसपछि उनले एक युवतीतर्फ इसारा गरे। एकपछि अर्को गर्दै पाँच महिला मञ्चमा आइन् र डुटेर्टेलाई चुम्बन गरिन्।
भाषण समाप्त भएपछि राष्ट्रपतिले अन्य कसैलाई चुम्बन गर्नु छ भनी सोधेका थिए, तर कुनै पहिला मञ्चमा नआएको बताए। यस घटनाको भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
डुटेर्टे यसअघि पहिला पनि कयौंपटक मञ्चमा गरिएका व्यवहार तथा बयान कारण विवादमा आइसकेका छन्। यसै वर्ष उनले एक भाषणका क्रममा बाइबलको कथाको निन्दा गरेका थिए। साथै भगवानका लागि पनि आपत्तिजनक शब्द प्रयोग गरेका थिए। त्यसले क्याथोलिक बहुसंख्यक देश फिलिपिन्समा विवाद खडा भएको थियो।
यस घटनामा पछि उनले यदि कसैले भगवान भएको प्रमाणित गर्छ भने आफूले तत्काल राजीनामा दिने बताएर विवादबाट उम्केका थिए।

प्रतिक्रिया दिनुहोस्