पत्थरीबाट जोगिन दैनिक सेवन गर्नुहोस् अमला



(एजेन्सी)
अमलामा भिटामिन सी प्रसस्त पाइन्छ । अमला त्रिफलाको ३ औषधिमध्ये एक गुणी जडिबुटीमा पर्छ । भिटा मिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रुपमा राखिन्छ । भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदको छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ ।

अमलाले युवाहरुमा यौन शक्ति प्रदान गर्नुका साथै बृद्धहरुमा जोस जाँगर प्रदान गर्छ । यसलाई सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा अन्य कुनै रुपमा प्रयोग गर्न सकिन्छ। प्रत्येक दिन एउटा अमला खानाले पेट सफा र कब्जियत लगा यत पेटमा देखा पर्ने समस्याहरु हुन पाउदैन साथै ग्यास्ट्रिक पनि केहि हदसम्म कन्ट्रोल हुन्छ । अमलाको सेवन दैनिक गर्नाले शरीरको रोग प्रतिरोधक क्षमता मजबुत हुन्छ ।

किड्नी संग सम्बन्धित रोगहरु लाग्दैनन् । अमलाको जुस बनाएर खानाले पनि रगत सफा हुन्छ र शरीर स्वस्थ रहन्छ। दैनिक एउटा अमला खानाले फोक्सोसंग सम्बन्धित रोगहरु लाग्न पाउदैनन् । अमला अनुहार र कपालको लागि पनि फाइदा जनक छ। अमलाको दैनिक सेवनले अनुहारको छालामा चमक ल्याई लामो समयसम्म जवान देखिन र कपाल फुल्नबाट जोगाउँछ । अमला सेवनले आँखा तेजिलो बनाउनुका साथै पत्थर हुनबाट जोगाउँछ ।

प्रतिक्रिया दिनुहोस्