भारतीय वायुसेनाको विमान चीनको सीमा नजिकैबाट बेपत्ता



भारत ।
भारतीय वायुसेनाको विमान चीनको सीमा नजिकैबाट बेपत्ता भएको छ । चीनसँग सीमा जोडीएको अरुणाञ्चल प्रदेशबाट विमान बेपत्ता भएको हो ।

स्रोतका अनुसार विमानमा आठ चालक दलका सदस्य र ५ यात्रु थिए। आसामको जोरहाटबाट अरुणाञ्चलका लागि वायुसेनाको एएल ३२ को विमान १२ बजेर २५ मिनेटमा उडेको र दिउँसो १ बजे उक्त स्थानबाट बेपत्ता भएको स्रोतले जनाएको छ ।

विमानको खोजिका लागि सबै संयन्त्र प्रयोग गरिएपनि अहिलेसम्म कुनै खबर भने आएको छैन ।

प्रतिक्रिया दिनुहोस्