मेयर कप क्रिकेटः सेमिफाइनल समिकरण पुरा



बैतडी ।
बैतडीको देहीमाण्डौंमा जारी दोश्रो संस्करणको मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाईनल समीकरण पुरा भएको छ । सोमवार लिग चरणका खेल सम्पन्न भएसंगै सेमिफाइनल समिकरण पुरा भएको हो ।

निंगलाशैनी खेल मैदान देहिमाडौंमा सम्पन्न लिग चरणको अन्तिम खेलमा दशरथचन्द नगरपालिका वडा नं १ गुरुखोलालाई ६ विकेटले स्तब्ध पार्दै दशरथचन्द नगरपालिका वडा नं २ देहिमाडौं सेमिफाइनल पुग्ने अन्तिम टोली बनेको हो । पहिला ब्याटिंग गरेको गुरुखोलाले जय बहादुर टेरको २४ रनको मद्दतमा १५७ रन बनायो ।

देहिमाडौंका गजेन्द्र बोहराले २ विकेट हात पारे । १५८ रनको लक्ष्य देहिमाडौंले ४ विकेटको क्षतीमा पुरा गर्यो । गुरुखोलाका विजय भट्टले ३ विकेट लिएपनि हार टार्न सकेन् । देहिमाडौंका लागी व्यक्तिगत ६९ रन र १ विकेट झार्ने दिपक बोहरा म्यान अफ द म्याच घोषित भएका स्कोरर दिपेन्द्र बोहराले जानकारी दिनुभयो ।

चार समूहमा विभाजन गरिएको प्रतियोगितामा देहिमाडौं समूह ए वाट सेमिफाईनल प्रवेश गरेको हो । यसअघि समूह बी वाट दशरथचन्द नगरपालिका ४ खलंगा , समूह सी वाट दशरथचन्द नगरपालिका वडा नं १० बाराकोट र समूह डी बाट दशरथचन्द नगरपालिका वडा नं ५ दशरथचन्द सेमिफाइनल पुगिसकेका छन् ।

सेमिफाइनलका खेलहरु मंगलवार हुनेछन् । दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग तथा नगर क्रिकेट समितिको व्यस्थापनमा प्रतियोगिता सञ्चालन भईरहेको हो । २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नगरपालिकाका ११ टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार , द्वितीय पुरस्कार ३० हजार नगद, ट्रफी र प्रमाणपत्र रहेको छ । यस्तै म्यान अफ द सिरीजलाई ५ हजार नगद, ट्रफी पुरस्कार रहेको नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्