अन्नपूर्ण म्याराथनमा आर्मीको वर्चस्व



विजय नेपाली, पोखरा ।

अन्नपूर्ण म्याराथनको दोस्रो संस्करणको पुरुष तर्फ आर्मीको बर्चस्व रहेको छ ।

अन्नपूर्ण दिवसको अवसर पारेर सोमबार भएको प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका खगेन्द्र भाट प्रथम , हरि रिमाल दोस्रो र आर्मीकै गोपाल तामाङले तेस्रो स्थान हासिल गर्न सफल हुनुभयो ।

खगेन्द्रले निर्धारित ४२। एक सय ९५ किलोमिटरको दुरि ४ घण्टा ६ मिनेट ५३ सेकेन्ड , हरि रिमाल ४ घण्टा १४ मिनेट ४० सेकेन्ड र आर्मीकै गोपालले चार घण्टा २२ मिनेट २९ सेकेन्डमा दुरि पार गर्दै बिभागीय बर्चस्व राख्न सफल हुनुभयो भने स्थानीय सचिन गुरुङले चार घण्टा २७ मिनेट २५ सेकेन्डमा दुरि पार गर्दै चौथो स्थान हात पार्न सफल हुनुभयो ।

पहिलो अन्नपूर्ण म्याराथनमा प्रथम स्थान हात पार्न सफल हरि रिमाल भने समयमा केही सुधार गरेपनि उपाधि रक्षा गर्न भने सक्नु भएन । रिमालले पहिलो अन्नपूर्ण म्याराथन ४ घण्टा १७ मिनेट ५३ सेकेन्डमा पार गर्दै पहिलो स्थान हासिल गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्