संगीतमा सुतली सार्वजनिक



रुकुम, (नेस)

वास्तविक घटनामा आधारित रहेको कारुणिक गिती एल्बम सुतली सार्वजनिक भएको छ। रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–४ का विजय चन्दको शब्दमा उनकै वास्तविक भोगाइमा आधारित रहेर गीत तयार गरिएको हो।

गायिका विष्णु माझी र राजेश खड्का ‘सानु’को स्वर रहेको गीतमा लय राजेश खड्का सानुकै रहेको छ। विजय चन्द ‘दर्पण’को शब्द रहेको गीतलाई वसन्त थापाको अफिसियल युट्युब च्यानलमार्फत बजारमा ल्याइएको हो। निर्देशक कपिल लामाको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा छायांकन भने सुरेश श्रेष्ठ र महेश महराको रहेको छ। अमर शाक्यको सम्पादन रहेको भिडियो निकै उत्कृष्ट बनेको छ।

भिडियोमा मोडल सगुन साही र बाबुकृष्ण परियार रहेका छन्। परदेशीको पीडा समेटिएको गीत सार्वजनिक गरिएको एक दिनमै २ लाख बढी पटक हेरिएको छ। दिन प्रतिदिन गीत चर्चित बन्दै गएपछि हौसला र जिम्मेवारी थपिँदै गएको महसुस भएको गीतकार चन्दले बताए।

प्रतिक्रिया दिनुहोस्