महेश्वरसहित पाँच खेलाडी मनोनयनमा



नेपाल समाचारपत्र, काठमाडौं

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने पल्सर स्पोट्र्स अवार्डअन्तर्गत पिपुल्स च्वाइस अवार्डका लागि आइतबार ५ खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ।

वर्ष २०७५ मा प्राप्त गरेको उपलब्धि र चर्चालाई आधार मान्दै एनएसजेएफले विभिन्न ५ खेलका ५ खेलाडीको नाम उक्त अवार्डका लागि सार्वजनिक गरेको हो।

जसमा शारीरिक सुगठनका महेश्वर महर्जनसहित वर्षभरि चर्चा बटुलेका ५ खेलाडी छन्। यस्तै फुटबलबाट सावित्रा भण्डारी, भलिबलबाट रेश्मा भण्डारी, ब्याडमिन्टनबाट प्रिन्स दाहाल र क्रिकेटर सन्दीप लामिछाने छन्। सन्दीप लगातार दोस्रोपटक यस विधामा मनोनयनमा परेका हुन्। गत वर्ष ब्याडमिन्टनका श्यान्टु श्रेष्ठले पिपुल्स च्वाइसको अवार्ड प्राप्त गरेका थिए।

आगामी असार १७ गते आयोजना हुने १६औं संस्कणको अवार्डअन्तर्गत पिपुल्स च्वाइस अवार्डका लागि जेठ १९ बाट नै भोटिङ प्रक्रिया शुरू भएको एनएसजेएफले जनाएको छ।

एसएमएस भोटिङ, फेसबुक लाइक, एनएसजेएफका सदस्यहरू र विभिन्न खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा विजेता घोषणा गरिनेछ।

एसएमएस भोटिङको मतभार कुल मतको ५० प्रतिशत हुनेछ भने फेसबुक लाइकको २५ प्रतिशत (फेसबुकमा ४ लाइकको १ मत) तथा एनएसजेएफका सदस्यहरू र विभिन्न खेल संघका मुख्य प्रशिक्षकको मिलाएर २५ प्रतिशत मतभार हुनेछ। यस अवार्डको विजेताले एक थान बजाज पल्सर मोटरसाइकल पाउनेछ।

पिपुल्स च्वाइस अवार्डमा भोट गर्न एगकिबच स्पेस खेलाडीको भोटिङ कोड टाइप गरी ३७७२२ मा मेसेज गर्नुपर्नेछ। भोटिङ गर्न सन्दीप लामिछानेका लागि क्ी, प्रिन्स दाहलको लागि एम्, सावित्रा भण्डारीको लागि क्द्य, रेश्मा भण्डारीको लागि च्द्य र महेश्वर महर्जनका लागि ःः रहेको छ। यस्तै अवार्डको भोटिङ पार्टरनरका रूपमा रहेको टीएचटी लाइभसँग एनएसजेएफले सम्झौता नवीकरणसमेत गरेको छ।

असार १७ गते प्रज्ञा भवन कमलादीमा आयोजना हुने अवार्डमा पिपुल्स च्वाइस अवार्डसहित कुल १० विधामा अवार्ड प्रदान गरिनेछ, जसमा ९ खेलकर्मी र एक पत्रकार रहनेछन्।

प्रतिक्रिया दिनुहोस्