उद्घाटनमा नयाँ शैली



निर्माण भएका भवन, सडक वा अन्य कुनै पूर्वाधार उद्घाटन गर्नुपर्यो भने कार्यक्रममा निम्त्याइएका प्रमुख अतिथिले रिवन काट्ने अनि प्रमुख अतिथिको नाम र पद अंकित ताम्रपत्रको घुम्टो खोल्ने चलन पुरानै हो। उद््घाटनका नाममा हेलिकोप्टरबाट आतिशबाजी गरियो भने पनि अनौठो हुन छोडिसक्यो।

उद्घाटन गर्ने अनि प्रमुख र विशिष्ठ अतिथिले कार्यक्रमलाई सम्बोधन गर्ने चलन के नै नयाँ हो र? नेपालको सबैभन्दा पुरानो अभ्यास यही त हो। पीएम ओलीले यी सबै प्रचलन तोड्दै नयाँ चलनको शुरूआत गर्या छन्। विभिन्न कार्यक्रममा सहभागी हुन पोखरा पुग्या ओली त्यहाँको लेकसाइडमा निर्मित नयाँ होटल उद्घाटका लागि पनि निम्त्याइए। १० तले होटलको उपल्लो तलामा पुगेर खाना खाएका उनले केही बेर आराम गरे, अनि फर्किए।

‘उद्घाटन भन्दै किन रिवन काट्नुपर्योँ, पीएम ओलीले होटल सञ्चालकतर्फ मुस्कान छर्दै थपे– ‘आएँ, खाएँ, आराम गरें, निर्माण पक्ष नियालें, निकै मेहनत गरिएको रहेछ, यो होटलले पोखरामा छुट्टै पहिचान बनाउनेछ।ँ ‘हजुर रिवन काट्दिनुपर्यो, ताम्रपत्र पनि हजुरकै नाममा छ, त्यो पनि सार्वजनिक गर्नुपर्यो, अनि यसो सानो सम्बोधन पनि…ँ होटल सञ्चालकले पुरै वाक्य बोल्न नपाउँदै ओलीले यस्तै जवाफ फर्काए।

मापदण्ड उल्लंघन गर्दै निर्माण भएको होटलको सर्वत्र आलोचना भएसी उद्घाटनमा नयाँ शैली त अपनाउनै पर्यो, हैन त कम्रेड?

प्रतिक्रिया दिनुहोस्