उक्ति कता सान्दर्भिक ?



‘अगुल्टाले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ’ यो उक्ति धेरै नेपालीको जिवनसँग मेल खान्छ, त्यहि भएर त जनजिब्रोमा दोहोरिरहन्छ । राजनीतिक बजारमा त झन् कति दोहोरिन्छ दोहोरिन्छ, भनि साध्य छैन । अन्तरपार्टीको कुरा मात्रै होइन पार्टीभित्रको गुट, उपगुट, उपगुटको पनि गुटले गर्दा नेता कार्यकतालाई यो उक्तिले राम्रै झस्काउँछ ।

उता दक्षिण छिमेकको चुनाव शुरु नहुँदै हाम्रा नेताको निद हराम भएको थियो । परिणाम आयो, बधाई दिने लिने क्रम सकियो, मन्त्री मण्डल पनि गठन भयो त्यै पनि उही उक्ति हिट छ । मोदी पुरानै दर्जामा दोहोरिँदा फोलिटिकल फिट भएका हाम्रा नेता मोदी क्याविनेटका विदेश मन्त्रीदेखि राम्रै झस्किया छन् । अनि हुँदैन त पुरनो उक्ति हिट ?

नेपालले संविधान जारी गर्ने तिथि मिति टुङ्गो लाएसी दिल्लीका विशेषदूतका रुपमा काठमाडौं आएका ऊ बेलाका विदेशसचिव अहिले विदेशमन्त्री हुँदा धेरैको निद हराम भएको छ । ऊ बेलाको उनको रोलसँधै फिट हुन्छ, सँधै हिट हुन्छ भन्ने मानसिकता भएका हाम्रा नेता कस्ता ?
नेपाली जनताले सहजै ६ महिनासम्म सहेको नाकाबन्दी, सोही नाकाबन्दीको दबाबले चीनहुँदै तेस्रो मुलुकसँग जोडिएको पारवहन सम्झौताले उता चाहिँ निद हराम भएको अनुमान गर्न नसक्ने हाम्रा नेता कति परिपक्व ?

प्रतिक्रिया दिनुहोस्