राष्ट्रिय क्रिकेटमा पटवाल प्रशिक्षक



काठमाडौं, (नेस)
एक वर्षअघि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीमा कन्सल्ट्यान्ट ब्याटिङ प्रशिक्षक नियुक्त भएका उमेश पटवाल प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन्।
नेपाली प्रशिक्षक जगत टमाटाको स्थान लिने पटवाललाई एक वर्षका लागि नियुक्त गरिएको हो। भारतका पटवाल २०७४ मा जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटका लागि नेपाली टोलीमा आबद्ध भएका थिए। सोही विश्वकप छनोटबाटै नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो।

पटवालकै ब्याटिङ प्रशिक्षणको नतिजा हालै यूएईमा सोही टोलीविरुद्धको एकदिवसीय र टी–२० सिरिज नेपालले जितेको थियो। सम्झौताअनुसार उनलाई मासिक तलब ७ हजार डलर दिइनेछ। जुन १० तारिखदेखि एक वर्षका लागि प्रशिक्षक हुने उनको तलब अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी०ले राष्ट्रिय खेलकुद परिषद् ९राखेप०मार्फत उपलब्ध गराउने पनि जनाएको छ।

नेपाल क्रिकेट संघ अहिलेसम्म पनि निलम्बनमा परेको अवस्थामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेपाली क्रिकेट आईसीसीकै निर्देशनबाट चलेको छ। नेपाली क्रिकेटर, प्रशिक्षकको तलबसमेत आईसीसीले राखेपलाई उपलब्ध गराइदिइएको छ। नेपाली क्रिकेट २०७३ वैशाख १३ गतेदेखि निलम्बनमा परिरहेको हो।

 

प्रतिक्रिया दिनुहोस्