दीपेन्द्र क्रिकेटिङ नेपालको ब्रान्ड एम्बेसडर



काठमाडौं, (नेस)
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटसम्यान दीपेन्द्रसिंह ऐरी क्रिकेटिङनेपाल डटकमको ब्रान्ड एम्बासेडरमा नियुक्त भएका छन्।
शुक्रबार एक कार्यक्रमबीच दीपेन्द्रलाई क्रिकेटिङ नेपालले आगामी डिसेम्बरसम्म आबद्ध गर्ने जनाएको छ। योसँगै ब्याटसम्यानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा क्रिकेटिङनेपालको स्टिकर आफ्नो ब्याटमा प्रयोग गर्नुपर्नेछ। उनले क्रिकेटिङ नेपालको ब्रान्ड एम्बेसेडर हुन पाउँदा आफू खुसी भएको जनाए। क्रिकेटिङ नेपाल सन् २०१३ देखि काठमाडौं एसीसी ट्वान्टी–२० कपसँगै शुरुआत भएको थियो। केही वर्ष अंग्रेजी भाषामा सञ्चालनमा ल्याइएको सो वेबसाइटले हाल नेपाली भाषामा पनि छुट्टै वेबसाइट निकालिसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्