ए डिभिजन लिग मंसिरमा



काठमाडौं, (नेस)
अखिल नेपाल फुटबल संघ ९एन्फा०को शुक्रबार भएको केन्द्रीय समितिको बैठकले शहीद स्मारक ’ए’ डिभिजन लिग आगामी मंसिर १२ देखि शुरू गर्ने निर्णय लिएको छ। एन्फाले जिल्ला लिगबाट छनोट हुने ७ टिमबीच प्रेसिडेन्ट कप गर्ने पनि निर्णय गरेको छ। प्रेसिडेन्ट कपको मिति टुंगो लागेको छैन। प्रेसिडेन्ट कपमा ७ प्रदेशका ७ टिमबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस्