पाकिस्तानविरुद्ध वेस्ट इन्डिजको सहज जित



नाटिंगम, (एजेन्सी)
आईसीसी क्रिकेट विश्वकपअन्तर्गत नाटिंगमको टे«न्ट ब्रीज मैदानमा वेस्ट इन्डिजको बलिङको सामना गर्न नसक्दा पाकिस्तान सहजै ७ विकेटले पराजित भएको छ।

पहिलो पटक विश्वकप खेलिरहेका फास्ट बलर ओशन थोमसले ४ विकेट र कप्तान जेशन होल्डरले ३ विकेट लिँदा पाकिस्तान २१ दशमलव ४ ओभरमा १ सय ५ रनमै समेटियो। एकतर्फी खेलमा जवाफमा क्रिस गेलले ५० रन जोडेपछि वेस्ट इन्डिजले ३ विकेट गुमाएर १ सय ८ रन बनाउँदै १३ दशमलव ४ ओभरमै जित हासिल ग¥यो। टोलीको जितमा ओपनर गेलले ३४ बलमा ६ चौका र ३ छक्का प्रहार गरेका थिए। उनी मोहम्मद आमिरको बलमा आउट हुँदा टोली जितबाट २९ रनले मात्रै टाढा थियो। योसँगै ५०÷५० ओभरको खेलमा दुवैको इनिङ गर्दा ३५ दशमलव २ ओभरको खेल भएको थियो।

गेलको यो वानडेमा लगातार छैटौं अर्धशतक पनि हो। उनले शुरुआतमै हसन अलीको बलमा दुई लगातार छक्का प्रहार गरेका थिए। १०औं ओभरमा बहाव रियाजको बलमा पनि उनले १ छक्का र २ चौका प्रहार गरे। वेस्ट इन्डिजको पहिलो विकेट ३६ स्कोरमा झरेको थियो। शाई होपले मोहम्मद आमिरको बललाई पुल गर्न खोज्दा पवेलियनको बाटो रोज्नुपरेको थियो। आमिरले नै ड्वायन ब्राभोलाई शून्यमा आउट गरेका थिए। निकोलस पूरण ३४ रनमा नटआउट रहे। उनले १९ बलमा ४ चौका र २ छक्का प्रहार गरेका थिए।

पाकिस्तानको बलिङमा मोहम्मद आमिर मात्रै सफल बलर सावित भए। उनले ६ ओभरमा २६ रन दिएर ३ विकेट लिएका थिए। उनलाई अन्तिम समयमा टोलीमा सहभागी गराएको थियो। जबकि अन्तिम समयमा टोलीमा अटाएका वाहब रियाजले भने वेस्ट इन्डिजका ब्याटसम्यानलाई नियन्त्रणमा राख्न सकेनन्।

पाकिस्तानको युवा टोलीको यो लगातार ११औं हार थियो। पाकिस्तानले निकै खराब प्रदर्शन गरेको थियो। टोलीका लागि बाबर आजम र फखर जमानले समान २२÷२२ रन बनाउनु नै सर्वाधिक योगदान थियो। त्यस्तै मोहम्मद हाफिजले १६ रन र वहाब रियाजले १८ रन बनाएका थिए। वेस्ट इन्डिजका बलरमा २२ वर्षीय युवा बलर थोमसले ५ दशमलव ४ ओभरमा २७ रन दिएर ४ विकेट लिँदा होल्डरले ५ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिएका थिए। त्यस्तै आन्द्रे रसेलले ३ ओभरमा ४ रन दिएर २ विकेट हात पारेका थिए।

प्रतिक्रिया दिनुहोस्