पदक विजेता सेनाका खेलाडी पुरस्कृत



काठमाडौं, (नेस)
गत चैत २७ गतेदेखि वैशाख ११ गतेसम्म नेपालगन्जमा आयोजित आठौं राष्ट्रिय खेलकुदमा पदक प्राप्त त्रिभुवन आर्मी क्लबका खेलाडीहरूलाई पुरस्कार वितरण गरिएको छ।

शुक्रबार क्लबमा आयोजित एक समारोहमा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले पदक विजेता खेलाडीलाई पुरस्कार वितरण गरेका हुन्। १४ दिन सञ्चालन भएको राष्ट्रिय खेलकुदमा सेनाका खेलाडीले विभिन्न विधामा गरी १ सय ४८ स्वर्ण, ८४ रजत र ७२ कांस्य गरी कुल ३ सय ४ स्वर्ण जितेका थिए। सोही क्रममा विभिन्न साहसिक खेलकुदलाई एकत्रित गरी थप व्यवस्थित बनाउन नेपाली सेनाले एडभेन्चर क्लबको स्थापना गर्ने र स्पोर्टस् कम्पनीको सम्भाव्यताबारे अध्ययन गरी स्पष्ट रणनीति एवं कार्य योजना बनाई खेलकुद विकास गर्न सेनाको स्पोर्टस् भिजन २०३० तयार गर्ने भइरहेको पनि जानकारी गरायो।

प्रतिक्रिया दिनुहोस्