बस दुर्घटना



मेक्सिकोसिटी,(एजेन्सी)

मेक्सिकोको पूर्वी क्षेत्र स्थित भेराक्रुज राज्यमा बुधबार भएको सडक दुर्घटनामा कम्तीमा २१ जना मानिसको ज्यान जानुका साथै अन्य ३० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले एउटा पर्यटक बससँग विपरित दिशाबाट आउँदै गरेको मिनिट्रक ठोक्किन पुगेको बताइएको छ ।

दुर्घटना भएको लगत्तै बसमा आगलागी भएको थियो । तत्काल घटनास्थल पुगेका स्थानीय उद्धार टोलीले बसका घाइते यात्रुलाई उद्धार गरेको थियो । घाइतेहरुको स्थानीय बिभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । प्रत्यक्षदर्शीका अनुसार ओरालोमा गुडिरहेको बसको ब्रेकफेल भएकाले सो दुर्घटना भएको हो।

प्रतिक्रिया दिनुहोस्